२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

तनहुँ सेवा समाज कतारको `बृहत साँस्कृतिक´कार्यक्रम हुँदै : तयारी तिब्र

  • समर रानाभाट
  • १ बर्ष अघि
  • पाठक संख्या २०१

  • दोहा : तनहुँ सेवा समाज कतारको आयोजनामा बहुउधेश्यी अक्षय कोषको सहोगार्थ बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

    "नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको" शुभ अवसरमा ईदको दोस्रो दिन नेपाल देखि ख्याती प्राप्त चर्चित तनहुंगे कलाकारहरु लोकदोहोरी गायिका (अस्मिता डल्लाकोटि ) र गायक "बसन्त बिस्वकर्माको" उपस्थितिमा र कतारमै रहेका नेपालि कलाकारहरु द्वारा तनहुँको चिनारी भनेर चिनिने कौरा ( चुट्का ) बिशेस समेत समेटेर बृहत साँस्कृतिक कार्यक्रम २०२४ आयोजना गरिएको समाजका अध्यक्ष पदम गिरिले बताए । 

    बिसुद्घ परोपकारी कार्यको सहोगार्थ आयोजित कार्यक्रमलाई भब्य र सव्य रुपमा सफल पार्नका लागि उक्त मितिमा कुनै पनि कार्यक्रमहरु तय गरि नजुधाईदिनुहुन महासचिब सन्तोष रेग्मीले आग्रह गरेका छन । रेग्मीले कार्यक्रम सफल पार्न सबैले आ आफ्नो ठाउबाट सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गरिएको बताए । 

    “सबल र समृद्घ जिल्ला निर्माणमा प्रवासीको योगदान,सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नाराका साथ २००४ मा कतारमा स्थापित तनुङ्गेहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखिनै प्रबास लगायत गृहजिल्लामा बिबिध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेको छ ।

    आउँदो अप्रिल ११ तारिक, दोहा स्थित होटल होलिडेकोको सभाहलमा आयोजना हुन लागेको बृहत साँस्कृतिक´ कार्यक्रमको तयारी तीब्र बनेको, आयोजक संस्था तनहुँ सेवा समाज कतारले जनाएको छ।