२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

एमाले नवलपुरको नवौं अधिवेशन आज देखि : अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

  • समर रानाभाट
  • १२ महिना अघि
  • पाठक संख्या २४६

  • काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवलपुर जिल्लाको नवौं जिल्ला अधिवेशन उदटन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ ।

    अध्यक्ष ओलीको सचिवालयका अनुसार कावासोतीमा हुने जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली विहान १०.१५ बजे भरतपुर जाने कार्यक्रम छ । संविधान जारी भएसँगै नवलपरासी जिल्लालाई दुई भागमा बाँडेर पूर्वी नवलपरासीलाई अलग्गै जिल्लाको पहिचान दिइएको हो ।

    कावासोतीको पानस पार्टी प्यालेसमा आयोजना हुने उदटन कार्यक्रममा खुलासभाको कार्यक्रम हनुेछ । नवलपुरका पहाडी क्षेत्रका दुई सहित ८ वटा स्थानीय तह रहेका छन् । उद्घाटन कार्यक्रममा जिल्लाभरीबाट कार्यकर्ताहरुको सहभागिता रहने एमाले नवलपुरले जनाएको छ ।