दयाराम आचार्य,
नवलपुर । नेकपा एमाले नवलपुरकाे अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ। एमाले नवलपुरकाे नवाैँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हाे ।
यसै गरि उपाध्यक्षमा यमुनाथ आचार्य , सचिवमा भिम कँडेल , उप सचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा सर्वसम्मत निर्वाचित हुनुभएको हाे । अध्यक्ष मण्डलले सर्वसम्मत भएका पदाधिकारी नाम घाेषणाकाे तयारी गरेको छ।नवाैँ अधिवेशनले १ सय ३ सदस्यीय कमिटी चयन गर्ने छ। दुई संघिय निर्वाचन भएको यहाँ १ सय ५ सदस्यीय कमिटी चयन गर्ने विधानतह रहेपनि दुई सदस्य पछि मनाेनित गर्ने गरि राखिएको छ ।
सदस्यतर्फ पालिका भुगाेल मध्य प्रत्येक नगरपालिकाबाट खुला ४, महिला २, युवा १ गरि कुल २८ जना ,गाउँपालिकाबाट खुला २, महिला २ र युवा १ गरि २० जना सदस्य चयन हुनेछन् ।
सिङ्गो जिल्लालाई भुगाेलमानी खुला १४, महिला ९ र युवा ४ गरि २७ जना चयन हुनेछन् ।
समावेशी तर्फबाट आदिवासी जनजातिबाट खुला ३, महिला ३, युवा पुरुष १ ,युवा महिला १, दलिततर्फ खुला ४, महिला २ र युवा १ , थारु खुला ३ र महिला १, अल्पसंख्यक १ , मुस्लिम १ अपांग १ गरि २२ र मजदुरबाट १ जना जिल्ला कमिटी सदस्य चयन हुनेछन् । सदस्य चयनकाे प्रक्रिया भने बाँकी रहेको छ। सदस्य चयन समेत सर्वसम्मत बनाउन अध्यक्ष मण्डल लागेको छ। यसका लागि उम्मेदवार बनेकाहरुलाई कल्स्टर अनुसार छलफल गरि सर्वसम्मत टुंगोमा पुग्ने अध्यक्ष मण्डलले अनुरोध गरेको छ। ९७ सदस्य पदका लागि २ सय ८४ जनाकाे उम्मेदवारी परेको छ।
प्रतिक्रिया दिनुहोस