२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

सुनसान छ गाउँ घर ,भएका बुढाबुढी काम गर्न व्यस्त

  • १२ महिना अघि
  • पाठक संख्या २३८

  • समर रानाभाट , बैशाख ०८ तनहुँ ,

    घिरिङ  गाउँपालिका–४ उम्से गाउँकी बाटुली रानाभाट लाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिसहरु बजार जाने क्रम बढेको छ । 

    “घरमा श्रीमान र श्रीमती मात्रै छौँ”, रानाभाटले भन्नी छोराहरू विदेशमा छन्  बुहारीहरू बजारमा ।” पहिले २० घरपरिवार रहेको उम्से  गाउँमा अहिले १० /१२  घर मात्रै छन् । केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्रै बाँकी भएको उनकोभनाइ छ ।

    सोही वडाका  अधिकांश घर खाली छन् ।मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ  । उम्से गाउँ, पार्थोक, बेलस्वार, आशेडाँडा बटाैलीटार र करूवाटारमा  तिन सय  घरधुरी छन् । यहाँ रानाभाट ,मगर, र दलित समुदायको बसोबास छ ।

    स्थानीय बालकुमारी रानाभाटले  कोही छोराछोरी पढाउन भन्दै बजार गएको र कोही कमाउन भन्दै विदेश गएपछि गाउँमा सुनसान हुँदैगएको जानकारी दिइन् ।

    उम्सेदेखि पृथ्वी राजमार्ग  खैरनीटार पुग्न ३०  किलोमिटर दूरीमा पर्दछ । गाउँमा मोटरबाटो पुगेको छ । विद्युत्, खानेपानीको सबै सुविधापनि आइसकेको छ । विकास पुगेपछि पशुपालन र खेतीपाती कम हुँदै गएको  भु ;पु शिक्षक  तेज बहादुर रानाभाटको  भनाइ छ ।“यहाँका जमिन बाँझै छन् । मानिस सहर पसे । गाउँमा भएकाले बुढाबुढी काम गर्न सक्दैन्न ।

    मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको घिरिङ  गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम रानाभाटले  बताए  । युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने आन्नले छ महिना पनि खान नपुग्ने उनको भनाइ थियो ।

    पहिले जस्तो उत्पादन पनि हुँदैन त्यसैले बजारबाट सामान किन्नुपर्ने बाध्यता छ । यहाँका मानिसहरु मकै , मास , अदुवा , कोदो ,तिलबडी खेतीपाती गरेर जीविकोपार्जन भइरहेको घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिम बहादुर कुमालले बताए । 

    गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो । उनले पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमाव्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने बता । यहाँका मानिस , कावासोती , गैडाकोट ,प्रगतिनगर, दमाैली ,र गैँडाकोटलगायतका क्षेत्रमा बसाइसराइ गर्ने गरेका छन् ।