पत्रकार कृष्ण न्यौपाने पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार २०८१ वाट पत्रकार न्यौपाने पुरस्कृत भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको १० औ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पार्टीका केन्द्रिय महासचिव शंकर पोखरेलले न्यौपानेलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरे । जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको न्यौपाने लामो समयदेखि क्रियाशिल पत्रकारीता गर्दे आएका छन् । न्यौपानेलाई १० हजार राशीको नगद र सम्मान सहित पुरस्कृत गरिएको प्रेस चौतारी नेपाल तनहुँ शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ (बिबि) ले बताए ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाले मरेर बाँचेकाहरुर अन्तिम सन्देश नामक वृत्तचित्र प्रर्दशन गरेर संकलित रकमवाट एक लाखको अक्षयकोष स्थापना गरेको हो । उक्त कोषको प्राप्त व्याजवाट चौतारीले हरेक वर्ष एक जना क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्दे आईरहेको छ ।
यसअघि पनि उक्त पुरस्कारवाट वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारी, पुर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का र वसन्ती वास्तोला पुरस्कृत भईसकेका छन् ।
न्यौपाने लोकवाणी दैनिक, राष्ट्रिय समाचार समिती, खवरपुञ्ज डटकममा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस