दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २९२ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २०४ मत प्राप्त गरेको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए ।
उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन् ।
अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । ५८५ मतदातामध्ये ५६० जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस