२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

ऋषिङ गाउँ कमिटिको अधिवेशन गर्न विभिन्न उपसमिति गठन

  • समर रानाभाट
  • ११ महिना अघि
  • पाठक संख्या १९२

  • दमौली, जेठ १३

    नेकपा एमाले ऋषिङ गाउँ कमिटिको अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

    आइतबार बसेको गाउँ कमिटिको बैठकले यही जेठ २० गते हुने गाउँ अधिवशेन सम्पन्न गर्नकोलागि प्रचार प्रसार समितिको संयोजकमा कविराज श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा हिरासिंह थापा, खाजा खाना समितिको संयोजकमा गणेशकुमार श्रेष्ठ र झाँकी तथा साउन्ड सिस्टम संयोजकमा रितबहादुर थापालाई चयन गरिएको गाउँ कमिटिका सचिव एवं प्रचार प्रसार संयोजक कविराज श्रेष्ठले जानकारी दिए ।

    अधिवशेन जेठ २० गते वडा नम्बर ७ को पुरानथोकमा हुनेछ ।