नवलपुरको बौदीकाली गाउँपालिकाको आयोजना तथा राइट फर चिल्ड्रेन संस्थाको सहकार्यमा ३ दिने `विद्यालय अतिरिक्त क्रियाकलाप शिक्षकहरूको लागि सांङ्गीतिक पि.टी. तथा प्राथना व्यवस्थापन कार्यशाला´ सम्पन्न भएको छ ।
बौदीकाली २ बालिघाट स्थित बालिघाट सामुदायिक स्वास्थ्य इकाइ परिसरमा कार्यशाला राखिएको हो । बौदीकाली गाउँपालिकामा रहेको सम्पुर्ण विद्यालयका शिक्षकहरूलाई उक्त कार्यशाला सञ्चालन गरिएको हो ।
अब बौदीकाली गाउँपालिकामा रहेका सम्पुर्ण विद्यालयहरूको प्राथनामा एकरूपता आउनेछ र यसले शिक्षक तथा विद्यार्थीमा सकारात्मक परिवर्तन आउने र शैक्षिक उपलब्धि बढ्ने विश्वास गाउँपालिकाले राखेको छ ।
प्रतिक्रिया दिनुहोस