तानसेन – पाल्पामा पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर पुनः एक जना भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर थाना, सैजन्वा बस्ने १५ वर्षका आर्यन कुमार रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँशो आफ्ना १५/१६ जना साथीसँगै पाल्पा तिनाउ–३, ड्यामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा उनी एक्कासी बेपत्ता भएका थिए । बेपत्तापछि खोजी गर्ने क्रममा नजिकै उनको शब फेला परेको जिल्ला प्रहरी कार्यालय
पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । एक दिनअघि पनि तिनाउ–३, झुम्सामा एक जना भारतीय नागरिकको डुबेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस