१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

घिरिङमा सिलाई कटाई र बुटिक डिजाइन तालिम सम्पन्न।

  • समर रानाभाट
  • ६ महिना अघि
  • पाठक संख्या ३२६

  • असार २३ अन्जान परियार, घिरिङ।
    घिरिङ गाउँपालिकामा सिलाई कटाई र बुटिक डिजाईन सम्बन्धी एड्भान्स तालिम सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम अन्तर्गत घिरिङ गाउँपालिकाले महिला हरुलाई उधमी बनाउने उदेश्य सहित सो तालिम दिएको हो। वडा नं ४ गडौलिटारमा ११ दिन संचालन भएको बुटिक डिजाइन सम्बन्धि प्राबिधिक सीप बिकास तालिमको शुक्रबार गडौलिटारमा समापन गरिएको हो।

     यस्तै गरि वडा नं ५ देउरालीमा सिलाई कटाई सम्बन्धि एड्भान्स तालिम १५ दिन संचालन भएको थियो सो तालिम पनि शुक्रवार देउरालिमा सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष होम बहादुर थापाले तालिममा सहभागी हरु लाई प्रमाणपत्र बितरण गरि सिकाइमा प्रयोग हुने सिलाई मेसिन लगायतका सामाग्रीहरु हस्तान्तरण गरेका हुन।

     कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सीप सिकेर जिबनमा आर्थिक स्रोतको माध्यम बनाउनु पर्ने बताएका थिए। साथै गाउँपालिकाले आगामी दिनमा महिलाहरुलाई सीप सिकाएर उधमी बनाउने लक्ष्य राखेको धारणा ब्यक्त गरे। सीप सिकेर आत्मनिर्भर बन्न सके  कसैको सहारा आवस्यक नपर्ने  बताएका थिए।

    असार ७ गते देखि २१ गते सम्म संचालन भएको सिलाई कटाई एढ्भान्स तालिममा १२ जना महिलाहरु सहभागी थिए। सो तालिम अन्जान परियारले प्रशिक्षण गरेका थिए। यसै गरि ११ दिने बुटिक डिजाइन तालिममा १० जना महिला हरु सहभागी रहेका थिए। उनिहरुलाई  लिला खाम्चाले प्रशिक्षण दिएकी थिइन।

    सो कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुको प्रतिनिधित्व गर्दै छलिमाया थापाले मन्तब्य राखेकी थिइन। उनले महिला दिदिबहिनिहरु रोजगार बिहिन भएर जिवन गुजारा गरिरहेको बेला गाउँपालिकाले सिलाई कटाइ तालिम सँचालन गरि पहिलो तह हुँदै दोस्रो तह सम्मको सीप सिकाएकोमा धन्यवाद ब्यक्त गरिन। गाउँपालिकाले सिप सिकाएर आत्मनिर्भर बनाए सँगै उधमि बनाउन पनि प्रेरित गरेको उनले बताइन।

    सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा नं ४ र ५ का अध्यक्षहरु कार्यपालिका सदस्य सरिता बिक र रिमा कुमाल वडा सदस्यहरु, ग्रामीण उधमशिलता बिकास तालिम केन्द्रका अध्यक्ष दिपक सुवेदी लगायतका उपस्थित रहेका थिए। सो कार्यक्रम ध्रुब लामिछानेले सन्चालन गरेका थिए।