देवचुली । नेकपा एमाले देवचुली नगर कमिटीले ४६ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. श्रेष्ठको स्मृतिमा नेकपा एमाले देवचुलीको पार्टी कार्यालय दलदलेमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले कम्युनिस्ट आन्दोलनमा पुष्पलालको आवश्यकता र योगदानका साथै उनबाट सिक्नुपर्ने कुराहरुका बारेमा आआफ्नो धारणा राखेका थिए ।
नेकपा एमाले देवचुली नगरपालिका कमिटीका अध्यक्ष भिमलाल तिवारीको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा देवचुली इन्चार्ज तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नेकपा एमाले नवलपुर जिल्ला कमिटीका उप सचिव कल्पना देवकोटा, जिल्ला कमिटी सदस्यहरु, पुर्व प्रदेश / जिल्ला कमिटीका सदस्य, भातृ संघसंगठनका प्रतिनिधि, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायत एमाले पार्टी सदस्यहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
पुष्पलालको छाया चित्रमा पुष्प गुच्छा अर्पण गरि सुरु गरिएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा देवचुली इन्चार्ज तिलप्रसाद काफ्ले, नेकपा एमाले नवलपुर जिल्ला कमिटीका उप सचिव कल्पना देवकोटा, नेकपा एमाले नवलपुर जिल्ला कमिटीका सदस्य खिमानन्द भुसाल, नेकपा एमाले नवलपुरका पुर्व सचिवालय सदस्य होमनाथ जैसीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
नेकपा एमाले देवचुली नगर कमिटी उपाध्यक्ष डिलाराम पाण्डेले स्वागत मन्तव्य गरेको कार्यक्रमको सहजीकरण नगर सचिव कमलकान्त वाग्लेले गरेका थिए ।देबचुली खबरबाट
प्रतिक्रिया दिनुहोस