साउन १० अन्जान परियार, घिरिङ।
तनहुँको घिरिङ गाउँपालिकामा महिलाहरुलाई ३ दिने शसक्तिकरण तालिम सम्पन्न भएको छ। जलदेवी सामुदायिक सिकाई केन्द्र घिरिङ हटियाको आयोजनामा र घिरिङ गाउँपालिकाको प्राविधिक सहयोगमा गरिएको सो कार्यक्रम गाउँपालिका कार्यालयको सभाहलमा साउन ७ गते देखि ९ गते सम्म संचालन भएको थियो।
उक्त तालीममा गाउँपालिका भित्रका सबै वडा र टोल बाट प्रतिनिधित्व गरि तिस जना महिलाहरू सहभागी भएका थिए। महिलाहरुलाई सशक्त बनाउने, क्षमता अभिबृद्दि र ब्यक्तित्व बिकास गर्ने उदेश्यले आयोजना गरेको सो तालिममा सहजकर्ताको रुपमा बालकृष्ण लामिछाने र अन्जान परियार रहेका थिए।
जलदेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुन नारायण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अधिकारीले कार्यक्रममा बोल्दै हिजो देखि पुर्खाले महिलाहरुलाई ठग्दै आइरहेकाले जहिले सम्म शिक्षित र सचेत हुँदैनौ तव सम्म समान अधिकार लिन नसक्ने दाबी गर्नु भयो। यो तालिम बाट महिलाहरुले आफ्नो हक अधिकारको प्रयोगको लागी सशक्त हुन आवस्यक रहेको बताउनुभयो । महिला र दलितको सामावेशी भए मात्र समतामूलक समाज निर्माण हुनसक्ने हुँदा आगामी दिनमा महिलाहरु शैक्षिक र चेतनाको बिकास गरि सशक्तीकरण हुनु पर्ने बताउनुभयो।
यस्तै गरि तालिममा सहभागीहरुले तालिम उपलब्धिमुलक रहेको भन्दै प्रशिक्षक र सिकाई केन्द्र प्रती धन्यवाद ब्यक्त गरेका थिए। उनिहरुले क्षमता अभिबृद्धी, महिला हक अधिकार , हिँसा बिरुद्ध जनचेतना मुलक कार्यक्रम , कानुनी साक्षरता र महिला उधमी बिकास बारे ज्ञान प्राप्त गरेको बताएका थिए।
सो कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव लामिछाने र लेखा सहायक रामु पराजुलीको उपस्थिति रहेको थियो। भने सो कार्यक्रम संचालन सिकाई केन्द्रको कर्मचारी टीका माया आलेले गरेकी थिइन।
प्रतिक्रिया दिनुहोस