नवलपुर । नवलपुर जिल्लामा ३० औं विश्व आदिवासी दिवस र आदिवासी जनजाति पत्रकार महासंघको २५ औं स्थापना दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुर, जनजाति महिला महासंघ नवलपुर र फोनिज नवलपुरको संयुक्त आयोजनामा मनाइन लागिएको हो ।
साउन २५ गते ३० औं विश्व आदिवासी दिवस यस वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर ’ भन्ने मूल नारासहित मनाउन लागिएको छ ।
शुक्रबार कावसोतीमा भएको छलफलले विश्व आदिवासी दिवस र आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा संयुक्त रुपमा तिन दिने कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यक्रम अगाामी साउन २५ गतेदेखि साउन २७ गतेसम्म चल्ने छ । जसमा कार्यक्रमहरु साउन २५ गते ३० औ विश्व आदिवासी दिवस र आदिवासी पत्रकार महासंघको २५ औ स्थापना दिवसको अवसरमा साउन २५ गते राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि लगायतसँग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम, साउन २६ गते आदिवासी जनजातिसंग आदिवासी जनजाति पत्रकारहरुको भूमिका विषयक कार्यक्रम र साउन २७ गते आईतबारका दिन
कावासोती २ स्थित अहिंसा बौद्ध पार्कमा बृक्षरोपण कार्यक्रम गरि दिवसलाई भब्यताका साथ मनाउने निर्णय भएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल आदिवासी जनजातिहरुले हरेक वर्षको अगष्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस मनाउदै आएको छ । महासंघले जिल्लाका सम्पूर्ण आदिवासी समुदायका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
त्यसैगरी नवलपुर जिल्लामा रहेको पालिका स्तरका आदिवासी जनजाति महासंघ तथा वडा स्तरका जनजाति महासंघलाई आआफ्नो पालिका तथा वडाहरुमा पनि विश्वआदिवासी दिवस मनाउने परिपत्र गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस