१२ पुष २०८१ शुक्रबार | 27 Dec 2024 Fri

पैसा : लेखक, प्रदिप रानाभाट

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या १२७६

  • पैसा : लेखक , प्रदिप रानाभाट ,देवचुली नगरपालिका -14 दलदले ,अरोमा कलेज भरतपुर 12 मा अध्ययन

    जन्मदेखि मृत्युसम्म चाहिने चिज कस्तो हो यो पैसा 
    गरिबलाई खाना एक छाक छैन धनीलाई कति सस्तो हो यो पैसा एकअर्काको माया , साथ र सम्बन्ध भन्दा 
    आफन्तीलाई ठूलो जस्तो भो यो पैसा हुँदा सबैले हजुर भन्ने नहुँदा बोलचाल पनि नगर्ने कस्तो चिज हो पैसा...

    पैसाकै लागि कयौं देश छाडी विदेश गएका छन्
    पैसाकै लागि आफ्ना नाताहरु पनि टाढा भएका छन् 
    पैसाकै लागि कोई देखावटी मायाका नाटक गरेका छन्
    पैसाकै लागी कोही चोरी,हत्या र हिंसामा अघि सरेका छन्...

    पैसामा नै मानिसले आफ्ना ठूला ठूला  सपनाहरु बुनेका छन् 
    अन्धो छ सरकार अपराधीलाई खुलेआम छोडी निर्दोषलाई थुनेका छन्पैसाले नै चरित्रमा खेलवाड गर्छन् आज ती आन्नयमा पर्नेको आवाज सुन्ने काहा छन् सबै पैसाको पछाडि दौडिन्छन् आफैमा सन्तुष्ट देख्नेहरु काहा छन् ...।