भिमाद
तनहुँको भिमाद नगरपालिका वडा ७ स्थित शिवालय टोलमा निर्मित शहिद कल्याण खनाल स्मृति पर्यटन पार्कको आज उत्घाटन भएको छ । गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय बाट विनियोजित करिब २० लाख ( दुई चरण ) को लागत र १ लाख १५ हजार रुपैयाँ बराबरको जनश्रमदानबाट निर्मित पार्कको आज गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले उत्घाटन गरेका हुन् । पार्कको उत्घाटन गर्दै आलेले शहिद कल्याण खनालको स्मृतिमा निर्मित पार्कले स्व. शहिद कल्याण खनालको सम्झना हुने साथै पर्यटन विकासमा टेवा पुग्ने बताएका थिए ।
यस्तै भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले उक्त पार्क निर्माण भएसँगै भिमादमा रहेको पर्यटकीय गन्तब्यको सूचीमा एउटा नाम थपिएको बताएका थिए । उनले पार्कको परिसरमा रहेको खुल्ला व्यायामशालाबाट स्थानीयहरूले प्रतक्ष्य लाभ लिन सक्ने बताएका छन् ।
पार्क निर्माण समितिका अध्यक्ष ध्रुव कुमार श्रेष्ठले पार्कमा खुल्ला व्यायामशाला, ट्रस्ट , बगैंचा लगायतका संरचना भएपनि अझै
शहिद कल्याण खनालको शालिक , पुस्तकालय, चमेना गृह,खानेपानी , शौचालयको आवश्यकता रहेकाले स्थानिय र प्रदेश सरकारले विशेष चासो दिनुपर्ने माग राखेका थिए ।
कार्यक्रमलाई भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल,नेपाली कांग्रेसका महासमिति सदस्य प्राडा कृष्ण प्रसाद गौतम ,
नेपाली कांग्रेस तनहुँका जिल्ला उपसभापति देव कुमार श्रेष्ठ , नेपाली कांग्रेसका नेता पुष्प पराजुली लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस