निराज रानाभाट, काभ्रेपलाञ्चोक ।
काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । ए.बि. प्यालेट फिड प्रा.लि. र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका - ७, बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा समापन भएको हो । बलराम संजेलको सभापतित्यो रहेको उक्त तालिममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथियतामा रहेको थियो । त्यस्तै, उक्त तालिमको विशिष्ठ अतिथिमा बनेपा नगरपालिकाकी उप - प्रमुख विमला सापकोटा दाहाल र बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्य रहेका थिए ।
यसैगरी, अतिथिहरुमा जयमाता चण्डेश्वरी सप्लायर्सका सचिन तिमिल्सिना, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ, ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेल, केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारी, वरिष्ठ पत्रकार मधुसुदन गुरागाई, पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाट, प्रशिक्षण संयोजक दिपेश लामिछानेलगायत उपस्थिति रहेको थियो । त्यसैगरी, बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले ब्यानरमा लेखिएका कुराहरु पढेर र उक्त तालिममा सहभागी भएकाहरुले राष्ट्रिय गान गाएर सुरुआवत गरिएको थियो ।
उक्त तालिममा ए.बि. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक बलराम संजेलले स्वागत मन्तव्य राखेका थिए, भने बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, नगरपालिकाकी उप - प्रमुख विमला सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, तालिममा सहभागिहरुलाई कुखुराको खोर व्यवस्थापन तथा चल्ला राख्नु भन्दा पहिलेको तयारी र जैविक सुरक्षाको महत्व बारेमा पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङले प्रशिक्षण दिएका थिए, भने ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेलले बोइलर चल्लाको ब्रिडिङ व्यवस्थापन र यसको महत्व बारेमा प्रशिक्षण दिएका थिए र केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारीले कुखरमा लाग्ने रोगहरु तथा रोग व्यवस्थान, आहार व्यवस्थापन तथा पानीको सरसफाइ र खोपको महत्व प्रशिक्षण दिएका थिए ।
यसैगरी, तालिममा काभ्रेपलाञ्चोक जिल्लाकासहित काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुलीलगायतका विभिन्न स्थानबाट ६० जना भन्दा बढी कुखुरा पालन व्यवसायमा आवद्ध किसान तथा व्यवसायिहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी भएका किसान तथा व्यवसायिहरुलाई अन्तिममा प्रमाण - पत्र प्रदान गरिएको थियो । उक्त तालिम बिहान ११:०० बजेदेखि शुरु गरेर साँझ ०५:०० बजे सम्पन्न गरिएको थियो, भने उक्त तालिमको संचालन डा. अनुसुया भटराईले गरेकी थिईन् ।
बनेपामा कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न
निराज रानाभाट, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । ए.बि. प्यालेट फिड प्रा.लि. र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका - ७, बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा समापन भएको हो । बलराम संजेलको सभापतित्यो रहेको उक्त तालिममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथियतामा रहेको थियो । त्यस्तै, उक्त तालिमको विशिष्ठ अतिथिमा बनेपा नगरपालिकाकी उप - प्रमुख विमला सापकोटा दाहाल र बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्य रहेका थिए ।
यसैगरी, अतिथिहरुमा जयमाता चण्डेश्वरी सप्लायर्सका सचिन तिमिल्सिना, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ, ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेल, केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारी, वरिष्ठ पत्रकार मधुसुदन
गुरागाई, पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाट, प्रशिक्षण संयोजक दिपेश लामिछानेलगायत उपस्थिति रहेको थियो । त्यसैगरी, बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले ब्यानरमा लेखिएका कुराहरु पढेर र उक्त तालिममा सहभागी भएकाहरुले राष्ट्रिय गान गाएर सुरुआवत गरिएको थियो ।
उक्त तालिममा ए.बि. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक बलराम संजेलले स्वागत मन्तव्य राखेका थिए, भने बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, नगरपालिकाकी उप - प्रमुख विमला सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, तालिममा सहभागिहरुलाई कुखुराको खोर व्यवस्थापन तथा चल्ला राख्नु भन्दा पहिलेको तयारी र जैविक सुरक्षाको महत्व बारेमा पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङले प्रशिक्षण दिएका थिए,
भने ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेलले बोइलर चल्लाको ब्रिडिङ व्यवस्थापन र यसको महत्व बारेमा प्रशिक्षण दिएका थिए र केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारीले कुखरमा लाग्ने रोगहरु तथा रोग व्यवस्थान, आहार व्यवस्थापन तथा पानीको सरसफाइ र खोपको महत्व प्रशिक्षण दिएका थिए ।
यसैगरी, तालिममा काभ्रेपलाञ्चोक जिल्लाकासहित काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुलीलगायतका विभिन्न स्थानबाट ६० जना भन्दा बढी कुखुरा पालन व्यवसायमा आवद्ध किसान तथा व्यवसायिहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी भएका किसान तथा व्यवसायिहरुलाई अन्तिममा प्रमाण - पत्र प्रदान गरिएको थियो । उक्त तालिम बिहान ११:०० बजेदेखि शुरु गरेर साँझ ०५:०० बजे सम्पन्न गरिएको थियो, भने उक्त तालिमको संचालन डा. अनुसुया भटराईले गरेकी थिईन् ।
प्रतिक्रिया दिनुहोस