१४ पुष २०८१ आईतबार | 29 Dec 2024 Sun

शैक्षिक क्षेत्रको विकासमा अघि बढ्दै बौदिकाली गाउँपालिका

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या २११

  • सम्राट पाण्डे डेढगाउँ ।   झन्डै ९१।८७ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएर रहेको नवलपरासी ९बर्दघाट सुस्ता पूर्व ० नवलपुरको पश्चिम तर्फको अन्तिम बिन्दुमा र काली गण्डकीको किनारैमा रहेको भेग हो बौदिकाली गाउँपालिका ।
    जिल्लाका अन्य पालिका भन्दा भौगोलिक हिसाबले कष्टकर मानिएको ग्रामीण वस्ती रहेको बौदिकाली गाउँपालिकाले शैक्षिक क्षेत्रमा भने अन्य गाउँपालिकाहरूले भन्दा उत्कृष्ट नतिजा दिन सफल भएको छ ।
    गत असार २२ गते प्रकाशित विद्यालय शिक्षा एस।ई।ई को नतिजामा ४६।७१५ सहित जिल्लाका चार गाउँपालिका मध्य पहिलो हुन सफल भएको हो । त्यस्तै २०८० को प्लसटु अर्थात कक्षा १२ को एसएलसी परीक्षामा ८५।१३५ नतिजा दिन सफल भएको थियो ।
    गतसाल भएको एस।ई।ई परीक्षामा पालिकाका विभिन्न सात विद्यालयबाट जम्मा १५२ जना विद्यार्थी सहभागी भएकोमा र त्यसमध्ये ७१ जना उत्तीर्ण भएका हुन् जसमध्ये १६ जनाले ग्रेड ए, ३० जनाले बिं, २४ जनाले वि र ८१ जना विद्यार्थी नन ग्रेड रहेको बौदिकाली गाउँपालिका अन्तर्गतको शिक्षा शाखा प्रमुख जीवलाल भुसालले जानकारी दिनुभयो ।
    बौदिकाली गाउँपालिकामा जम्मा ३१ विद्यालयहरू छन, जसमा ३० संस्थागत तथा १ निजी विद्यालय रहेको छ । पालिका अन्तर्गतका विद्यालय मध्य ८६।३६५ नतिजा सहित डेढगाउँ मा।वि बौदीकाली गाउँपालिकामै प्रथम हुन सफल भएको हो । बौदिकाली गाउँपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार पालिकामा करिब २ हजार ५ यस भन्दा धेरै विद्यार्थीहरू रहेका छन् ।
    बौदीकाली गाउँपालिका शिक्षा शिक्षा शाखा प्रमुख जीवलाल भुसालका अनुसार पालिकाले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रलाई छुट्याएको छ । आर्थिक बर्ष ०८०÷०८१ मा कर्मचारी भत्ता बाहेक १ करोड २८ लाख विनियोजन गरिएकोमा यस आर्थिक वर्ष ०८१÷०८२ लागि १ करोड ७४ लाख रकम विनियोजन गरेको छ ।
    बौदीकाली गाउँपालिकाको आयोजना तथा राईट फर चिल्ड्रेनको सहकार्यमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको लागि अभिभुखिकरण कार्यक्रम, विद्यार्थीहरूको निमित्त सीपमुलक तालिम, विद्यालय अतिरिक्त क्रियाकलाप शिक्षकहरूको लागि साङ्गीतिक पि।टी। तथा प्रार्थना व्यवस्थापन कार्यशाला लगायत विभिन्न कार्यक्रमहरू गरिएको थियो ।
    पालिकाले दक्ष जनशक्तिको उत्पादन र आत्मनिर्भर बनाउने उद्देश्यले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई विगत २ वर्षदेखि प्रतिविद्यार्थी मासिक रु ५०००÷– ९पाँच हजार० छात्रवृत्ति उपलब्ध गराएको छ ।
    पढौँ र पढाऔँ अभियानमा रहेको पालिकाले अहिले प्रारम्भिक बालविकास सहजकर्ताहरूको लागि ५ दिवसीय क्षमता विकास तथा शैक्षिक सामाग्री निर्माण कार्यशाला सञ्चालन गरिरहेको छ ।
    आउँदो ५ बर्षमा बौदिकाली गाउँपालिकाले शैक्षिक क्षेत्रमा ठुलो फड्को मार्ने अपेक्षा सहित कार्ययोजनाहरु तयार पारिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनु भयो । उहाँले विद्यार्थिको सहजताकोलागि सिक्दै कमाउदै र अध्यक्षसंग विद्यार्थी जस्ता उत्कृष्ट कार्यक्रमहरुको योजना तयार पारिएको बताउनुभयो ।
    अध्यक्ष ओझाले भौगिलकताको दृष्टिले पिछडिएको पालिका भनिएपनि पछिल्लो समय शैक्षिक क्षेत्रबाट प्राप्त नतिजाले विद्यालय शिक्षाकै निम्ति शहर केन्द्रित बन्ने परिपाटिको केहिहद सम्म भएपनि कमि ल्याउन सफल भएको दावि गर्नुभयो ।