कावासोती, भाद्र ४
हरेक हप्ताको शुक्रबार बजार बन्द हुँदै आएकोमा अब देखि ठुलि एकादशि सम्म साताको सातै दिन व्यापारिक फमहरु खुल्ने भएको छ ।नवलपुर उधोग बाणिज्य संघ नवलपुरको आज सम्पन्न बैठकले साताको सातैदिन व्यापार संचालन गर्ने निर्णय गरेको नवलपुर उधोग बाणिज्य संघ नवलपुरका महासचिव सागर पोख्रेलले जानकारी दिनुभयो ।
नेपालिहरुको पर्व शुरु भए सगै बजारमा चहल पहल वढ्ने र चाढपर्व सगै व्यापार व्यावसाय समेत मन्दि हुने गरेकोले उधोग बाणिज्य संघले विगत देखिनै चाढपर्व नजिकिय सगै साताको सातै दिन बजार खोल्ने गरेकाले जनै पुर्णिामा सगै सातै दिन व्यापार व्यावसाय संचालन गर्ने निर्णय गरेको महासचिव पोख्रेलले बताउनुभयो ।
चाढपर्व शुरु सगै सातै दिन संचालनमा रहने व्यापार– व्यावसाय छठ र ठुलि एकादशिको समाप्ति सगै हरेक शुक्रबार बजार बन्द रहने निर्णय भएको बताए ।यस्तै बैठकले नवलपुर उधोग बाणिज्य संघमा आवद्ध भएको व्यापारिहरुलाई संघको सिफारिसमा चितवनमा रहेको भरतपुर सेन्ट्रल हस्पिटलमा उपचार गर्दा उपचार सेवामा ४० प्रतिशत, अस्पतालको फार्मेसिमा ७ प्रतिशत, ईमरजेन्सि र ओपिडिमा समेत छुटको व्यावस्था लिने सम्झौतालाई अनुमोदन गरेको संस्थाका अध्यक्ष बैकुण्ठ अर्यालले बताए ।
नवलपुर उधोग बाणिज्य संघमा आवद्ध व्यावसायीहरुलाई आर्थिक सहयोग पुग्ने हिसावले चितवनको भरतपुर सेन्ट्रल हस्पिटलमा सग सम्झौता भएको बताउनु भयो । संस्थामा आवद्ध कुनैपनी व्यापारी विरामी भएमा संस्थाको फिारीस् पत्र सहित उपचार गर्न गएमा उपचारमा ४० प्रतिशत सम्म छुटको व्यावस्था भएको अध्यक्ष अर्यालले बताउनुभयो । स्वास्थ्य सेवा सम्झौता अवधि भने २०८१ चैत्र मसान्त सम्म लागु रहने समेत अध्यक्ष अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस