१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा घिरिङमा तिज गति प्रतियोगिता हुने 

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या ३१०

  • समर रानाभाट ,भदौ ०७  । 
    घिरिङ गाउँपालिकाको आयोजनामा नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा "सिप सिकौ,आत्मनिर्भर बनौँ " घिरिङ गाउँपालिका स्तरीय महिला समुहहरूको तिज गित प्रतियोगिता आयोजना गरेको छ। 

    आगामी भदौ १६ गते घिरिङ गाउँपालिकाको प्रशासकीय भवन प्राङगण पोखरीछापमा हुने "सिप सिकौ,आत्मनिर्भर बनौँ " समसामयिक विषयमा आधारित  गाउँपालिका स्तरीय तिज गित प्रतियोगिता आयोजना गरिएको घिरिङ गाउँपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद रिमालले हस्ताक्षर पत्र मार्फत  जानकारी दिनुभएको छ।

    प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: रु. १५०००हजार , १२००० हजार , १०,००० हजार,७००० हजार  पुरस्कार प्रदान गरिने उल्लेखित विज्ञप्ति बताएको छ ।

    प्रतियोगितामा सहभागि हुनेले भदौ १५ गतेसम्म नाम दर्ता गर्न पाउने पत्रमार्फत जानकारी दिनुभयो ।एक समुहमा नृत्य र बाद्यवादन सहित बढीमा १०  जना सहभागी हुनुपर्नेछ । समय अवधि बढीमा १० मिनेट मात्र हुनेछ । नेपाली पोषक मौलिक संस्कृति झल्काउने समुहलाई विशेष मान्यता दिनेछ ।