१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

ब्रेन ट्युमर भएका नवराज रानाभाटलाई उपचारको लागि रानाभाट / भाट समाज वाग्माती संकलित रकम हस्तान्तरण

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या २७४

  • काठमाडौं । ब्रेन ट्युमर भएका गण्डकी प्रदेशमा पर्ने लमजङको मध्यनेपाल नगरपालिका वडा नम्बर -९ निवासी नवराज रानाभाटको उपचारका लागि रानाभाट / भाट समाज वाग्माती प्रदेश कार्य समितिको समन्वयमा संकलित रकम नवराजको दिदी विमला भण्डारी रानाभाटलाई आज काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा भेटघाट गरेर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यकालाई कर्म थलो बनाएर विभिन्न स्थानमा बस्ने व्यक्तिहरुबाट ५० हजार ८ सय ३० रुपैयाँ रकम संकलन गरिएको थियो ।

    आर्थिक सहयोग गर्नेहरुमा रानाभाट / भाट समाज वाग्माती प्रदेश कार्य समितिको पूर्व अध्यक्षहरु भरत रानाभाटले ५ हजार ५ सय ५५ रुपैयाँ, राजु रानाभाटले ५ हजार रुपैयाँ, शिवलाल रानाभाटले ३ हजार रुपैयाँ, रानाभाट / भाट समाज केन्द्रीय कार्य समितिका अध्यक्ष बाबुराम रानाभाटले २ हजार ५ सय रुपैयाँ, केन्द्रीय कार्य समितिकै पूर्व केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र रानाभाटले ५ हजार रुपैयाँ, रानाभाट / भाट समाज वाग्माती प्रदेश कार्य समितिका अध्यक्ष कृष्ण रानाभाटले २ हजार १ सय रुपैयाँ, वाग्माती प्रदेश कार्य समितिकै वरिष्ठ उपाध्यक्ष सन्तोष रानाभाटले ५ हजार ५ सय ५५ रुपैयाँ, वाग्माती प्रदेश कार्य समितिकै उपाध्यक्ष बलराम रानाभाटले २ हजार रुपैयाँ, वाग्माती प्रदेश कार्य समितिकै महिला उपाध्यक्ष सीता रानाभाटले २ हजार ५ रुपैयाँ रहेका छन् ।

    त्यसैगरी, रानाभाट / भाट समाज वाग्माती प्रदेश कार्य समितिका सचिव गणेश रानाभाटले ३ हजार रुपैयाँ, वाग्माती प्रदेश कार्य समितिकै सह – सचिव प्रल्हाद रानाभाटले २ हजार ५ रुपैयाँ, वाग्माती प्रदेश कार्य समितिकै सदस्यहरु सविता रानाभाटले २ हजार ५ रुपैयाँ, मिना रानाभाटले १ हजार रुपैयाँ, रानाभाट / भाट समाज काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष रेशम रानाभाटले १ हजार ६ सय १० रुपैयाँ, काठमाडौं जिल्ला कार्य समितिकै उपाध्यक्ष नरेन्द्र रानाभाटले १ हजार रुपैयाँ, ललितपुर निवासी दान बहादुर रानाभाटले १ हजार ५ सय रुपैयाँ, ललितपुरकै विक्रम रानाभाटले २ हजार रुपैयाँ, कास्कीको पोखरा निवासी सविता रानाभाटले २ हजार रुपैयाँ र समाजसवी सूर्य पाण्डेले १ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।

    ब्रेन ट्युमर भएका नवराज रानाभाटले आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा रानाभाट / भाट समाजका पूर्व अध्यक्ष राजु रानाभाट, वाग्माती प्रदेश कार्य समिति वाग्माती प्रदेश कार्य समितिका वरिष्ठ उपाध्यक्ष सन्तोष रानाभाट, वाग्माती प्रदेश कार्य समितिकै उपाध्यक्ष बलराम रानाभाट, वाग्माती प्रदेश कार्य समितिकै महिला उपाध्यक्ष सीता रानाभाट, वाग्माती प्रदेश कार्य समितिकै सचिव गणेश रानाभाट, पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाट, रानाभाट / भाट समाज काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष रेशम रानाभाट र काठमाडौं जिल्ला कार्य समितिकै उपाध्यक्ष नरेन्द्र रानाभाटको उपस्थितिमा संकलित रकम हस्तान्तरण गरिएको छ ।

    वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत रहँदा स्वास्थ्यमा समस्या भएपछि नेपाल फर्कि स्वास्थ्य जाँच गर्दा नवराज रानाभाटलाई ब्रेन ट्युमर भएको अस्पतालले जनाएको थियो । करिब १ महिनादेखि नवराज रानाभाट काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारत छन् । घरको आर्थिक अवस्था नाजिक रहेको हुँदा उपचारको निमित्त नवराजका घरका परिवारले सहयोगको लागि अपिल गरेका छन्, भने नवराजको उपचार खर्चको लागि केही व्यक्तिहरुले सहयोगार्थ अभियान समेत शुरु गरेका छन् ।
     

    यदि देश तथा विदेशमा बस्नु हुने कोही महानुभावहरुले ब्रेन ट्युमर भएका नवराज रानाभाट आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तल उल्लेख गरिएको बैंक खातामा वा क्युआर मार्फत रकम जम्मा गरिदिन सक्नुहुने छ । 
    बैंकको नाम : ग्लोबल आइएमई बैंक लिमिटेड
    खाता नम्बर : 09707010004505
    खातावालाको नाम : Rajesh Ranabhat
    शाखा : Bhorletar, Lamjung
    थप जानकारीका लागि : 9846921915