समर रानाभाट,११ भदौ
तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर ४ स्थित पाचँ तलले भ्यु टावर निर्माण अलपत्र परेको छ । पाच तले भ्युटावर निर्माण गर्न सुरु गरेको ३ वर्ष पूरा हुन लाग्दा पनि निर्माणको काम भने आधा भएको अवस्था जस्तै रहेको छ । घिरिङ उम्सेबाट आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न र छिमेकी जिल्लाको घुमारी घाट अवलोकन गर्ने उदेश्यले भ्युटावर निर्माण शुरु गरिएको भ्यटावर निर्माण समितिका अध्यक्ष डण्डा पानी रानाभाटले बताउनु भयो ।
अहिले भ्युटावर निर्माण शुरु गरिएको यो ठाउँबाट कालीगण्डकी नदीसँगै घुमारीघाट देखिन्छ । कालीगण्डकी नदीको पारीपट्टि घुमारीघाटमा आकर्षण ठाउँ रेहेको छ। बुलिङटार गाउँपालिकामा पर्ने घुमारीघाट कालीगण्डकीका घाटहरु मा घुमारीघाट आजभोली तिर्थाटनको लागी गन्तब्य बनेको छ । सडक यातायातको सुविधा भएपछि आजभोली घुमारीघाटमा धेरै तिर्थाटनका पर्यटकहरु पुग्ने गरेका छन ।
हेर्दा नै अचम्म लाग्ने प्रख्यात तिर्थाटनको घुमारीघाट नवलपरासीको बुलङिटार र तनहूँको घिरिङ गाउँपालिकाको सिमानामा रहेको छ । घुमारीघाट साविक भारतीपुर ७ थियो भने अहिले बुलिङटार गाउँपालिका ६ मा पर्दछ ।
घुमारीघाट कालीगण्डकीले नेपालको मध्यविन्दुमा निर्माण गरेको आकर्षकघाट हो । घुमारीघाटलाई तनहुँको भूगोलमा पर्ने राम्जाकोटको उम्से डाँडाबाट हेर्दा कुम्भ भगवती लक्ष्मीको घडाको आकारमा देखिन्छ । घुमारीघाट कालीगण्डकीले बनाएका घाटहरु मध्यको अत्यन्त सुन्दर घाट मानिन्छ ।घुमारीघाटमा कालीगण्डकीले करिव ५०० रोपनी क्षेत्रफलको जमिनलाई शंख आकारमा घेरा दिएको छ । यो शखं अर्थात कुम्भ आकारको घुमारीघाटमा बुलिङटार गाउँपालिको भू–भाग बाट प्रवेश गर्न सकिन्छ । यो कुम्भ आकारको घुमारीघाटमा प्रवेश गर्ने मार्गमा करिव ५ मिटर मात्र नदीले जमिन छाडेको छ । कुम्भको मुखमा मूर्ति रहित कामधेनु मन्दिर पनि छ । जहाँ मूर्तिको रुपमा चट्टानमा देखिने गाई र बाच्छीको खुरको डोवमा पूजा गरिन्छ ।
लक्ष्मीपूजाको दिनमा विशेष पूजा गरिने यो मन्दिरको आकार सानो भएता पनि टाढाटाढा सम्म फैलिएको छ । बुढापाकाका अनुसार घुमारीघाटको भूखण्डमा पहिले मध्य रातमा शंखको आवाज समेत सुनिन्थ्यो तर अहिले भने त्यो आवाज सुनिन छाडेको छ । घुमारीघाट वरपरका डाडाकाडामा देउचुली तीनकन्या माई, कोटथर छत्तिसामाई, डाडाझेरी जलदेवीमाई, दराईगाँउ अकलामाई जस्ता ऐतिहासिक मठ मन्दिरहरु पनि रहेका छन । घुमारीघाटमा तिहारको लक्ष्मीपुजा दिन ठूलै लाग्ने गर्दछ । मेलामा लोपोन्मुख दरै, मगर समुदायको संस्कृति, मारुनी, कौरा नाच, नौमतीबाजा, भजन कृतन समेत देख्न पाइन्छ ।
आजभोली घुमारीघाटलाई ग्रामीण सडक सञ्जालले जोडेको छ । तनहुँको खैरेनिटार, नवलपरासीको गैडाकोट तथा दलदले, पाल्पाको रामपुर र स्याङजाको साँखर केलादीबाट ग्रामिण सडक हुदै घुमारीघाट पुग्न सकिन्छ । अहिले गैडाकोटबाट कालीगण्डकी करिडोरको सडकबाट पनि घुमारीघाट पुग्न सकिन्छ । यो मार्गबाट यात्रा गर्दा कोटथर, बुलिङ डाडाभलेरी, बुलिङटार, अर्खला र भारतीपुर वरपरका महाभारत पर्वतका सुन्दर बस्ती र प्राकृतिक संम्पदाको अवलोकन गर्न सकिन्छ । यो सडकबाट यात्रा गर्दा करिव ४५ कि।मी निर्माणाधिन कालीगण्डकी करिडोरको यात्रा गर्नु पर्दछ ।
अर्को सडक हो दलदले–बुलिङटार । यो सडकबाट बुलिङटार पुग्नको लागी पहाडी श्रृखलाको सडक यात्रागर्नु पर्दछ । दलदले–बुलिङटार सडकको दूरी पनि करिब ४५ किलोमिटर पर्दछ । मोटर मार्गबाट डेढगाउँ, रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, धौबादीलगायतका धेरै पहाडी बस्तीहरु देख्न सकिन्छ । बुलिङटारबाट घुमारीघाटको दुरी ७ कि।मी। पर्दछ । पोखरा अर्थात खैरेनीटारबाट घुमारीघाट पुग्नको लागी भिमाद, भेनुङ द्यौराली, मानपुर, डेडगाउँ भएर पनि पुग्न सकिन्छ ।
प्राकृतिक रुपमा समेत रमणीय रहेको नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका , बाैदिकाली गाउँपालिका , पाल्पाको केहि भाग , ऋषिङ गाउँपालिका , लगाएतको ठाउँ को रमणीय दुश्य देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस