१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई विजयी

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या १३२

  • काठमाडौँ । एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । मंगलबार राती आएको मत परिणाम अनुसार राईले १८९ मत ल्याएर रामकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । रामकुमारी झाक्रीले ११२ मत ल्याउनुभयो ।

    मधशीतर्फ धर्मनाथ साह, खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नथा खतिवडा निर्वाचित हुनुभएको छ ।

    यस्तै उपमहासिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुनु भएको छ । सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल पनि निर्वाचित हुनुभएको हो ।