पृथ्वीराजमार्ग विस्तारको क्रममा पोल नजिकको जमिन भासिदा व्यासमा दुई वटा पोलमा क्षति पुगेको छ । पोल ढल्दा राती १ बजेदेखि दमौली–खैरेनीटार ३३ केभी प्रसारण अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका इन्जिनीयर निरोज पौडेलले जानकारी दिए ।
पोल ढल्दा म्याग्दे, शुक्लागण्डकी, भिमाद, ऋषिङ, घिरिङ, नवलपुरको बुलिङटार र बौदिकाली गाउँपालिकाका केहि भागमा विद्युत अवरुद्ध भएको छ । ढलेको पोलको ठाउँमा नयाँ पोल हाल्ने काम भइरहेको पौडेलले बताए । उनका अनुसार निरन्तरको वर्षाले काममा बाधा भएको छ । दिउँसो १ बजेसम्म नयाँ पोल हालेर विद्युत सुचारु गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस