१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

घिरिङ गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा सम्पन्न

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या १६०

  • घिरिङ गाउँपालिकाको आयोजनामा स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरिय वार्षिक समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ । गाउँपालिका कार्यालयको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक बर्ष २०८०÷०८१ मा सम्पादित समिक्षा कार्यक्रममा आठ ओटा सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुखहरुले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    उक्त कार्यक्रममा ५ वटै वडामा रहेका स्वास्थ्य इकाई प्रमुखहरुले आफ्नो स्वास्थ्य संस्थाको स्वास्थ्य सुचकहरुको अवस्था, स्वास्थ्य संस्थाको विवरण, भौतिक संरचनाको अवस्था, मानव संसाधन, बार्षिक रुपमा देखा परेका समस्या र चुनौती जानकारी गराएका थिए । उक्त प्रतिबेदनमा भोरकोट स्वास्थ्य चौकी प्रमुख बिन्दु थापाले भौतिक संरचना नभएको कारण र बिरामी लाई बेडको समेत अभाब भएको बताईन् ।

    प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, वडा नं ४ र ५ का अध्यक्षहरु लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले स्वास्थ्यकर्मीहरुबाट प्रस्तुत गरिएको प्रतिवेदनमा आएका समस्याहरुको समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

    उक्त कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले पालिका स्तरिय प्रतिवेदन प्रस्तुत गरेका थिए । रिमालका अनुसार घिरिङका ५ वटै वडामा स्वास्थ्य इकाई, ३ वटा हेल्थपोष्ट, ३ वटा बर्थिङ सेन्टर रहेका छन् । त्यसैगरि गाउँपालिका भरी २७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

    घिरिङले पारिवारिक स्वास्थ्य प्रोफाईल तयार गरेको स्वास्थ्य शाखा प्रमुख रिमालले बताए । साथै सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा तथा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएमा प्रोत्साहन स्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको रिमालले बताए । साथै गाउँपालिकाबाट नविनतम कार्यक्रम र गाउँ स्तरीय अल्ट्रासाउन्ड अभियान सन्चालन गरिएको रिमालले बताए ।

    सो कार्यक्रममा सुत्केरी गर्भवती महिलाहरुलाई ८ क्रेट अन्डा समेत वितरण गरिएको थियो ।देवघाट अनलाइनबाट