१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

ऋषिङका प्रवक्ता दरैले आफुले पाउने भत्ता जेहनदार विद्यार्थीलाई सहयोग गर्ने

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या १९४

  • असोज , ०२ तनहुँ 
     

    तनहुँ जिल्लाको ऋषिङ् गाउँपालिका वडा नम्बर ०५  पिपलटारमा जन्मेका दरै जनप्रतिनिधि भएपछि 

    आफुले पाएको भत्ता विद्यालय गरिब , जेहनदार, 

    विद्यार्थीलाई सहयोग  गर्ने भएका छन् ।

     

    ऋषिङ गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको 

    अवसरमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता समेत रहेका विजय दरैले आफुले पाउने 

    भत्ताबाट  ११ माध्यमिक विद्यालयका  एक ,एक जना 

    गरिब, जेहेन्दार , अनुशासित विधार्थीलाई जनहनि  पाँच

     हजारका दरले सहयोग गर्ने बताएका छन् । 

     

    विद्यालयको बार्षिक उत्सवको अवसरमा घोषणा 

    गरेको पुरस्कार प्रदान गर्ने सहयोगि दरैले बताए ।

    यो भन्दा पहिला पहिला पनि  प्राप्त गरेको तलब 

    भत्ताबाट गरिब, दु: खि असाय र सामाजिक कार्यमा 

    खर्च गर्दै आउनु भएको थियो । 

     

    दरैले आफु पनि विद्यार्थी हुदाँ त्यस्तै गरिबको 

    चपेटामा परेको बताउदै , गरिबको मन भावना राम्रोसंग

     बुझेको र संघर्षले आज यहाँ सम्म आएको बताएका छन् । दरैले आफुले दुख, संघर्ष गरेर डिग्राी सम्म शिक्षा हासिल गरेको समेत बताए।

     

    कक्षा ९ र १० का विद्यार्थीहरूसंग संघर्षको 

    कथा सियर गर्ने गरि उत्प्रेरणा जगाउने उदेश्यका 

    साथ 'विद्यार्थी संग एक घण्टा भन्ने कार्यक्रमको ' 

    सुरूवात गर्ने प्रतिबद्वता गरेका छन् । दरै सानैदेखि  

    अध्यायनमा मेनेहित , अनुशासित समेत रहेका थिए ।