१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

साहित्य शृङ्खला पोखराको २६४ औं शृङ्खला सम्पन्न

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या २१३

  • कास्की,५ असोज। साहित्य शृङ्खला पोखराको २६४ औं शृङ्खला २०८१ आश्वीन ५ गते शनिवारका दिन पश्चिमान्चल मा.वि.गैह्रापाटनको सभाहलमा गित,कविता,कथा र दिग्गज स्रस्टाहरुको अब्बल रचना वाचन सहित भव्य रुपमा सम्पन्न भएको छ ।
         
    मार्क्सवादी अध्ययन श्रोत केन्द्रका अध्यक्ष झलकपाणी तिवारीले बैचारिक ब्यक्तिहरुको उपस्थिती र जनपक्षिय रचनाहरु मात्र वाचन गरिने संस्था भएकोले शृङ्खला अन्य साहित्यिक संघ संस्थाहरु भन्दा भिन्न रहेको भन्दै अझै बाक्लो उपस्थिती सहित मजबुत बनाउनुपर्ने कुरामा जोड दिनु भयो।सोही अवसरमा लघुकथा समेत सुनाउदै २०८१ असोज १२ गते शनिवारका दिन सहिद स्मृती भवन ,सहिद चोकमा मार्क्सवादी अध्ययन श्रोत केन्द्रको आयोजनामा पुस्तक विमर्श कार्यक्रममा सम्पुर्णलाई उपस्थिती हुनको लागि अनुरोध गर्नु भएको थियो।
           
    बाम बुद्धिजिवी एवम शृङ्खलाका सल्लाहाकार रामराज रेग्मीले झुट असत्य कुराहरु छिटै जनमानसले रुचाउछन तर सत्य कुराहरु पचाउन गारो हुने भन्दै सोही आभास बोकेको लुसुनद्वारा रचित लघुकथा बाचन गर्नु भएको थियो।वरिष्ठ कलाकार यादबचन्द्र भुर्तेलले पनि सो अवसरमा नितिकथा सुनाउनु भएको थियो।"आमाको आवाज" कविताले उपस्थित श्रोता,स्रस्टाको ध्यान आकर्षित गराएको थियो,उक्त कबिता छवि सुवेदी ' बिजयी'ले वाचन गर्नु भएको हो ।
         
    अद्भिका सुवेदीले "दशैं आयो "गित र म ज्ञानी बन्छु भन्ने कविता सुनाउनु भएको थियो।सल्लाहाकार अल्पबिराम पोखरेलीले मुक्तक र प्रबिधीको जमानामा जन्मनासाथ मोबाइल हातमा चाहिने भन्दै रोमान्चक लघुकथा सुनाउनु भएको थियो।सहसचिव सन्तोष न्यौपानेको क्रान्तिको उमेर कबिताले उपस्थित स्रस्टाहरुको ध्यान खिचेको थियो।
    भाइरल गायिका चन्द्रावती वाग्लेले बेजोड मुक्तक प्रस्तुत गर्नु भएको थियो।सोही अबसरमा मीठो स्वरका धनी वसन्त चालिसेले कार्यक्रमको अन्तिम तिर शसक्त कबिता सुनाएर मन्त्रमुग्ध बनाउनु भएको थियो।संगम सांस्कृतिक मन्चका कलाकार डि बि बान्तवाले देशभक्ती गित सुनाउनु भएको थियो,काजी गाउलेले "जिन्दगी भरी बाधा हुन्छ भने,झिक्छु खुकुरी हान्छु मार दाजै मलाइ के छ र " भनेर जोशिलो गित प्रस्तुती गर्नु भएको थियो।    
         
    त्यसैगरी गित,नृत्य हेर्नको लागि यहि आश्वीन १६ गते बुधबारका दिन पोखरा सभागृहको हलमा जीवन शर्मा सहित रक्तिम अभियानको प्रस्तुती हेर्नको लागि उपस्थित हुन सबैमा सुचना सम्प्रेषन गरिएको थियो।कार्यक्रमलाई "उस्तै छ हामीलाई पिरलो"गित सहित शृङ्खलाका संस्थापक स्ट्रगल रानाले उपस्थित स्रस्टाहरुलाई स्वागत गर्दै कार्यक्रमको दैलो उघार्नु भएको थियो।उक्त कार्यक्रमको सन्चालन सचिव काजी गाउंलेले गर्नु भएको थियो।
        
    २६४ औं शृङखलाको अध्यक्षता ग्रहण गर्नु भएका लक्ष्मण गौतम हिमालीले कार्यक्रम समापनको क्रममा शृङ्खलाकी अध्यक्ष आफ्नो कार्यक्रममा बिना खबर अनुपस्थित रहनु भएकोले आफुले अध्यक्षता गर्नु पर्दा मियो बिनाको दाइ गरे जस्तै अनुभूति भएको भन्दै दुख ब्यक्त गर्नु भएको थियो।शृङ्खलाले त्रैमासिक रुपमा प्रकाशन गर्दै आएको आलोक शृङ्खला आर्थिक अभाबका कारण प्रकाशन हुन नसकेकोमा क्षमा याचना गर्दै,शहकारिमा मुद्धती खातामा राखिएको रकम अपचलन भै आफ्नो संस्था ठगिएको कुरा सो अबसरमा खुलाउनु भएको थियो।
    आगामी कार्तिक महिनाको पहिलो शनिवार २६५ औं नियमित शृङ्खलामा सम्पुर्णलाइ उपस्थित हुनको लागि अनुरोध गर्दै कार्यक्रमको समापन भएको थियो।