असोज १९, कावासोती
कावासोती खानेपानीले न्युननतम महसुलमा कटौती गरेको छ । शुक्रबार सम्पन्न २४ औं साधारण सभाले न्युनतम महशुलमा उपभोक्तालाई राहात दिने भन्दै अध्यक्ष दिपकराज लम्सालद्धारा प्रस्तावित महशुल शुल्क कटौती गर्ने निर्णय गरेको हो । महशुल शुल्क कटौतीको निर्णय सगै अव देखी उपभोक्ताहरुले निजि तथा कामुहीक धाराको महसुल न्युनतम शुल्कबाट रु १० घटाई क्रमसः न्युनतम शुल्क रु ९० र १९० कायम गर्ने भएको छ भने ५ हजार लिटर सम्म पानी उपभोग गर्ने उपभोक्ताले न्युनतम रु ५० मात्र भुक्तानी गर्ने समेत पारीत गरेको संस्थाका अध्यक्ष दिपक लम्सालले बताउनुभयो ।
उपभोक्तालाई पिडामा सहयोग र साहानुभुती स्वरुप उपभोक्ताको मृत्यु भएमा एक महीनाको शुल्क मिनाहा दिने निर्णय समेत पारीत गरेको छ । त्यस्तै अग्रिम महशुल बुझाउने उपभोक्तलाई प्रोत्साहन स्वरुप दिइदै आएकेमा ७ प्रतिशत छुटलाई निरन्तरता दिइने बताउनुभएको छ ।
त्यस्तै महीलाको नाममा धारा जडान गर्दा धारा सिफारिस शुल्कमा एक हजार रुपैया छुट दिने भएको छ । कर्मचारी प्रोत्सानका लागि कार्य सम्पादनको आधारमा वर्ष उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गर्ने भएको छ । आन्त्रीक पर्यटन प्रवद्धर्न गर्न र कर्मचारीलाइृ रि फ्रेसमेन्टका लागी वार्षिक ३ दिनको लागि तलवि विदा दिने निर्णइ समेत गरेको छ ।
ऋग्रीम महशुल भुक्तान गर्ने ग्राहाकलाई प्रोत्सान स्वरुप ५ देखी ७ प्रतिशत छुटको व्यवस्था गरेको छ । , एक वडा एक कार्यक्रमलाई निरन्तरता दिएको छ ।
साधारण सभा गण्डकी प्रदेशका कृषि, सहकारी तथा भुमी व्यवस्था मन्त्री पद्मा जि.सी श्रेष्ठको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष दिपकराज लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभामा पुर्व गण्डकी प्रदेश मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, पुर्व गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम लगायतको आतिथ्यततामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस