कार्तिक ५, कावासोती,
यसवर्ष नवलपुर जिल्लामा धान उत्पादनमा कमि आउने भएको छ ।
धानबालिमा लागेका विभिन्न रोग एवं प्राकृतिक प्रकोपका कारण धान उत्पादन गतवर्ष भन्दा कम हुने देखिएको कृषि ज्ञान केन्द्र नवलपुरले बताएको हो ।
गत वर्ष झण्डै ७८ हजार मेक्ट्रिकटन धान उत्पादन भएकोमा यसवर्ष प्रतिकुल मौसमकाकारणले धान रोप्ने समयदेखिनै विभिन्न जातका धानमा बाला नलाग्ने समस्या देखिएको साथै बाला लागिसकेको धानमा पनि रोगब्याधिको आक्रमणसँगै बाढि पहिरोले समेत क्षति पुर्याउँदा उत्पादकत्व बढ्ने आंकलन गरिएपनि उत्पादन भने घट्न सक्ने केन्द्रले बताएको हो ।
गत असोजमा आएको बाढि पहिरोले मात्रै हैन शनिबार साँझ नवलपुरको तराई क्षेत्रमा परेको वर्षाले समेत भित्र्याउने बेला भएको धानबालीमा क्षति पु¥याएको कृषकहरुले बताएका छन् ।
नवलपुरका विभिन्न स्थानका कृषकहरुले काटेर खेतमै पाँजा सुकाएको एवं पाकेर काट्ने तयारी गरेको धान बालिमा, एक्कासी परेको पानीले क्षति पुर्याएको बताएका हुन् ।
जिल्लाको विषेशगरि तराई भेगका कावासोती, गैँडाकोट, देवचुलि, विनयि त्रिवेणि लगायत क्षेत्रको केहि विगाहा धानबालीमा नोक्सानी पु¥याएको हो ।
कावासोती ८ का कृषक प्रेम नारायण भट्टराईले झण्डै ३ विगाहा जमिनमा दुई थरि सावित्रि र ओआर धान लगाएकोमा सावित्रि राम्रैसँग थन्क्याउन भ्याए पनि काट्ने तयारीमा रहेको पाकिसकेको ओआर धानमा भने हावाहुरि सहित आएको वर्षाले क्षति पुर्याएको बताउनुभयो ।
१ विगाहा क्षेत्रफलमा रहेको ओआर धान आधाभन्दा बढि ढलाएको एवं बालाहरुमा समेत पोटामात्र देखिएको उहाँको गुनासो थियो ।‘धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, तर एक्कासी पानि पर्यो, असोजको बाढिबाट बचेको धान, कार्तिकको वर्षाले खेरफालिदियो,’ उहाले भन्नुभयो ।
यता गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सूचना अधिकारी ज्योती क्षेत्रीले गत असोजमा आएको बाढिपहिरोले प्रदेशभर ९ करोड बढिको क्षति भएको प्रारम्भिक विवरण आएको भएपनि पछिल्ला दिन प्रदेशका विभिन्न स्थानमा परेको वर्षाले पारेको क्षतिको विवरण भने आईनसकेको बताउनुभयो ।
कृषकले काटेको र पाकेको दुवै धानमा एक्कासि भएको वर्षाले नोक्सानी पु¥याएको गुनासो गरिरहँदा कृषि ज्ञान केन्द्र नवलपुरले भने शनिवारको वर्षाले खासै ठूलो क्षति नपुर्याएको बताएको छ । यस क्षेत्रमा आईतबार राति पनि वर्षा भएको थियो ।
जिल्लामा गत असोजमा आएको ११ र १२ गतेको वर्षाले झण्डै ७ सय हेक्टर क्षेत्रफलको धानबालिमा क्षतिपुर्याएको भएपनि शनिबार त्यति ठूलो वर्षा नभएकोले केहि किसानहरुको मात्रै खेतमै रहेको धान डुबेको वा क्षति पुगेको हुनसक्ने कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ विद् सञ्जय ढकालले बताउनुभयो ।
ढकालले कुनै पनि स्थानिय पालिकाले शनिबारको वर्षाले क्षति पुर्याएको भनेर रिपोर्ट नगरेको एवं कृषकहरुबाट पनि त्यो जानकारी नआएको बताउनुभयो ।
उहाँले नवलपुर जिल्लामा १८ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान लगाईएको साथै करिब ६० प्रतिशत भन्दा धेरै कृषकहरुले धान काटेर थन्क्याईसकेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस