१२ पुष २०८१ शुक्रबार | 27 Dec 2024 Fri

प्रिन्सि काफ्ले रेड क्रस र रेड क्रिसेन्ट अन्तर्राष्ट्रिय सम्मेलनमा जिनेभा जादै

  • समर रानाभाट
  • २ महिना अघि
  • पाठक संख्या १७१

  • नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका १० अरूणखोला निवासी युवा नेतृ तथा रेडक्रस क्रमि प्रिन्सि काफ्ले ३४औं अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्टको सम्मेलनमा भाग लिनुहुने भएको छ । यहि अक्टोबर २२ देखि ३१ सम्म स्विजरल्यान्डको जिनेभामा आयोजना हुने सम्मेलनमा सहभापग हुन काफ्ले नेपाललाई विश्वमञ्चमा गर्व दिलाउँदै ऐतिहासिक यात्रा तय गरेको हो ।

    ३४औं अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्टको सम्मेलनमा विश्व भरका १९६ भन्दा बढी देशका प्रतिनिधिहरूलाई एकै थलोमा भेला हुदै मानवीय संकट र त्यसका समाधानबारे छलफल गर्नका लागि महत्त्वपूर्ण अवसर रहेको काफ्लेले बताउनुभयो ।

    रेड क्रस र रेड क्रिसेन्टको सम्मेलनको यस वर्षको विषयवस्तु Navigate Uncertainty – Strengthen Humanity रहेको छ । यो विषयले संसारभरका मानिसहरूले सामना व्ययहार गरिरहेका अनिश्चितता र चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ । काफ्लेले जलवायु परिवर्तन, आपतकालीन मानवीय सहायता, र नवीन समाधानका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । उहाँले विश्व समुदायलाई नेपाली समाजमा उत्पन्न भइरहेका मानवीय संकटका समाधानबारे जानकारी गराउँदै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गनुहुनेछ ।

    यो सम्मेलनमा सहभागीता प्रिन्सि काफ्लेका लागि मात्र नभई सम्पूर्ण दक्षिण एशियाली युवाहरूका लागि गर्वको विषय हो । उहाँले Humanitarian Village बुथमा South Asian Youth Network (SAYN) को प्रतिनिधित्व गर्दै दक्षिण एशियाली युवा समुदायको आवाजलाई विश्वमञ्चमा पुर्याउने अवसर बन्नेछ । यस मञ्चमा प्रिन्सिको सहभागिताले दक्षिण एशियामा मानवीय सहयोग र जलवायु परिवर्तनको प्रतिरोधका लागि युवाहरूको योगदानलाई अझ मजबुत बनाउनेछ ।

    प्रिन्सि काफ्ले जस्ता युवा नेतृत्वकर्ताहरूको सहभागिता विश्वभरका चुनौतीहरूको समाधान खोज्न महत्त्वपूर्ण छ । उनी जस्ता नेताहरूका विचारले विकासोन्मुख देशहरूमा युवाहरूले जलवायु परिवर्तन र अन्य मानवीय चुनौतीहरूको सामना कसरी गर्न सक्छन भन्ने कुरामा थप स्पष्टता ल्याउनेछ । यस सम्मेलनमा सहभागीता नेपालका लागि ऐतिहासिक उपलब्धि मात्र नभई युवाहरूको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने महत्त्वपूर्ण कदम हो ।

    प्रिन्सिले नेपालको तर्फबाट यस महत्त्वपूर्ण मञ्चमा सहभागिता जनाउँदै, विश्व समुदायलाई नेपालले मानवीय सेवामा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउनेछिन् । यो सहभागिता नेपालका लागि मात्र नभई सम्पूर्ण युवाहरूका लागि प्रेरणादायी यात्रा हुनेछ।

    हामी उनलाई यस विशेष अवसरका लागि शुभकामना दिन्छौं, र अपेक्षा गर्दछौं कि उनी नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रस्तुत गर्दै नयाँ कीर्तिमान स्थापित गनुहुनेछ ।