२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

आजदेखि मौसम क्रमिक सुधार 

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या १७६


  • कार्तिक २०, 

    आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ ।

    तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा अस्ति आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बङ्गालआसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु पनि कमजोर बनेपछि आजदेखि वर्षा रोकिने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

    उहाँका अनुसार आज  कोशी प्रदेश र देशका पहाडी भागमा मौसम बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ ।

    आज कोशी प्रदेश र अन्य पहाडी भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हिमपातको सम्भावना छ ।