पाल्पाको धार्मिक, ऐतिहासिक, प्राकृतिक महत्वको प्रचारप्रसार,पर्यटनको प्रबद्र्धन र स्वस्थ जीवन शैलीमा टेवा पुर्याउने उद्देश्यले दुई दिने “हेरिटेज राइड” साइकल यात्रा सुरु भएको छ ।
पाल्पा जिल्ला साईक्लिङ्ग सङ्घको आयोजनामा भएको साइकल यात्रा तानसेन, भैरबस्थान, लिस्नु भीर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेनमा आएर समापन हुने छ ।
१ सय ५० जना साइकल राइडरहरुको यात्रामा १४ वर्षदेखि ६५ बर्षसम्मका राईडरहरु सहभागी छन् । जसमा दुई जना अपाङ्ग, एक जना महिला र एक जना विदेशी नागरिकको समेत सहभागिता छ ।
Via: Serofero News
प्रतिक्रिया दिनुहोस