देवचुली । देवचुली १५ प्रगतिनगरमा नवलपुर अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा आएको छ । देवचुली १५ का सागर तिवारीले २० लाख रुपैयाँ भन्दा बढी लगानीमा अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा ल्याएका हुन् । दैनिक रुपमा थेरापी गर्नुपर्ने बिमारीहरुलाई कावासोती नारायणगढ जानुपर्ने बाध्यता हटाउनका लागि प्रगतिनगर बजारमै थेरापी सेन्टर संचालनमा ल्याइएको हो ।
थेरापी सेन्टरको देवचुली १५ कै ज्येष्ठ नागरिक शोभाखर तिवारी र पुर्व वडा अध्यक्ष हरिभक्त भट्टराईले संयुक्त रुपमा समुदघाटन गर्नुभएको हो । अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा आएसँगै स्थानीय बजारमै उपचार गर्न सहज हुने देवचुली १५ का पुर्व वडा अध्यक्ष हरिभक्त भट्टराईले बताउनुभयो ।
विशेषज्ञको टिमबाट बाथ रोग तथा जोर्नीको दुखाई, युरिक एसिड, ढाड, घुँडा, घाँटी र मांसपेशीको दुखाई, फ्रोजन सोल्डर, नसा च्यापिएको, साईटिका, हात खुट्टा पोल्ने, झमझमाउने र दुख्ने, प्यारालाईसिस, अल्जाईमर, न्यूरो मस्कुलर समस्या, माइग्रेन, डिप्रेसन, तनाव लगायतको अकुपंचर एण्ड फिजियोथेरापी उपचार गरिने संचालक एवं अकुपंचरित सागर तिवारी जानकारी दिनुभयो । बिरामीहरुलाई अकुपंचर थेरापी, मोक्जिब्युशन, कपिङ्ग थेरापी, फिजियोथेरापी, अकुप्रेसर थेरापी, स्वीच थेरापी विधिबाट उपचार गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार देवचुली नगरपालिकामा कम सेवा शुल्कमा विशेषज्ञ सहितको उपचार गरिने छ ।सेन्टरमा डा. सन्जोक कुमार क्षेत्री, अकुपंचरिष्ट सागर तिवारी, फिजोयोथेरापिष्ट सुरक्षा लम्साल लगायत विशेषज्ञ टिमबाट उपचार गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस