कार्तिक २५,बर्दघाट नवलपरासी( पश्चिम),
पछौटेपन उन्मुलन समाज( बेस नेपाल)ले नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई २ दिने क्षमता अभिबृद्दी तालिम कार्यक्रम हिजो सम्पन्न गरेको छ !
संस्थाका कार्यसमिति अध्यक्ष उमा देबि भट्टराईको अध्यक्षतामा कार्तिक २३ र २४ गते बि.एण्ड बि.कटेज बर्दघाटमा चलेको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेले संस्थाको स्थापना देखि बर्तमान अवस्था,गरिएको सामाजिक कार्य र परियोजनाको गतिविधि,संस्थाको बिगत र बर्तमान कार्यक्षेत्र,साझेदारी संस्था,संस्थाकोउद्देश्य,नियमावली,कार्यनीति एवं जिल्ला कार्यक्रम संयोजक शालिकराम पोख्रेलले हाल संचालनमा रहेको कार्यक्रम र परियोजना बारे सहजीकरण गर्नु भएको थियो !
संस्थाका नवनिर्वाचित कार्यसमिति पदाधिकारी,लेखा समिति,मानवश्रोत बिकास तथा ब्यबस्थापन समिति,खरिद समिति र जेसि फोकल पर्सन सहभागी रहेको सो कार्यक्रममा संस्थाले हाल नवलपरासी( बर्दघाट सुस्ता पश्चिम)मा संचालन गरुरहेको कार्यक्रमको स्थलगत अनुगमन गरेको थियो ! हाल यस संस्थाले
नवलपरासी( बर्दघाट सुस्ता पश्चिम)को सबै स्थानीय तहमा पोषण मार्फत जीवन रुपान्तरण परियोजना कार्यक्रम संचालन गरिरहेको छ !
२०४९ असोज १६ गते पुर्बी पाल्पाको बाकामलाङ्ग हाल निस्दी गाउँपालिका -१मा स्थापना भएको संस्थाले ३२ औं साधारणसभा एवं १४औं अधिबेशन २०८१ असोज १८ गते आफ्नै नवनिर्मित केन्द्रिय कार्यालय निस्दी- १ भोटाहा पाल्पामा महिला अध्यक्षको नेतृत्व सहित सम्पन्न गरेको छ !
क्षमता अभिबृद्दी तालिम कार्यक्रममा संस्थाको आगामी ३ बर्षका लागि संस्थागत प्राथमिकता(२०८१-२०८४) समेत पारित गरेको छ !
तस्विर : बिर बहादुर बिसी
प्रतिक्रिया दिनुहोस