१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

घिरिङ युनाईटेड क्लब पुटार र प्यासिफिक एकेडेमीको आयोजनामा भलिबल प्रशिक्षण सुरू

  • समर रानाभाट
  • १ महिना अघि
  • पाठक संख्या ५५०

  • कार्तिक ,२९ समर रानाभाट,

    भलिबल हाल नेपालको राष्ट्रिय खेल हो । नेपालको प्रत्येक जिल्लाहरूमा यो खेल खेलिने र यो खेलसँग सम्बन्धित
     प्रतियोगिताहरू आयोजना हुने भएकाले पनि नेपालको राष्ट्रिय खेलका रूपमा यो भलिबल खेलले सार्थकता प्राप्त गरेको छ । 
    यसलाई मध्यनजर गर्दै  तनहुँको घिरिङमा युनाईटेड क्लब पुटार र प्यासिफिक  एकेडेमीको आयोजनामा आयोजित भलिबल
     प्रशिक्षण कार्यक्रमको बिहिवार घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा बाट उद्घाटन भएको छ। सो क्लबले घिरिङ ( १ ,पुट्टारमा निरन्तर प्रशिक्षण दिने जनाएको छ। भलिबल खेल सम्वन्धी कुनैपनि औपचारिक तालिम तथा प्रशिक्षणहरु विनानै जिल्लाका दुरदराजमा आफै मेहनत र अभ्यास गरेर खेल्दै आएका खेलाडीहरु पछिल्लो समय भने खेल सम्वन्धी ज्ञान, सिप र क्षमता अभिवृद्धिका लागि प्रशिक्षणमा सहभागी हुन थालेको अध्यक्ष थापाले बताए ।

    कार्तिक २८ गते देखि भलिबलको आधारभूत तालिम दिईएको प्रशिक्षक सागर मल्ल ठकुरीले  बताए । खेलाडीहरुको क्षमता 
    अभिवृद्धि गर्नका लागि र भलिबल खेलतर्फ युवाहरुको मोह बढाउनका लागि आधारभूत तालिम संचालन गरिएको 
    पुट्टार युवा क्लवका अध्यक्ष शुशिल मल्ल ठकुरीले बताए । प्रशिक्षणमा भलिबल खेल संचालन गर्ने पछिल्लो नियम, 
    खेलाडीहरुको अनुशासन, प्रतियोगितात्मक खेल खेल्ने रणनीति, टिम व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिने  छ । त्यस्तै डिगिङ, फिङ्गरिङ, स्पाईक, ब्लक, शारीरिक व्यायाम लगायतको अभ्यास गराईएको प्रशिक्षक सागरले  बताए । प्रशिक्षणमा विद्यालयका बालबालिका देखि लिएर युवा महिला तथा पुरुष खेलाडीहरु को सहभागिता रहेको थियो । 

    पुर्व राष्ट्रिय भलिबल खेलाडी समेत रहनुभएका सागरले  युवाहरुलाई कुलतबाट जोगाउन, सत्मार्गमा लाग्न र खेलक्षेत्रमा
     थप प्रगति गर्नका लागि तालिमले सहयोग पुग्ने बताउनुभयो । साथै मानसिक र शारीरिक रुपमा तन्दुरुष्ट रहनका लागि 
    पनि खेलको आवश्यकता हुने भएकाले युवाहरुलाई खेलप्रति उत्प्ररित गर्न पनि हरेक बस्ती बस्तीमा प्रशिक्षण कार्यक्रम 
    लिएर जान थालिएको बताउनुभयो ।कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष रविचन्द्र घोरासिनी , सदस्य मादव मल्ल ठकुरी , 
    नेकपा एमाले जिलला सदस्य इन्दर बहादुर थापा , पुर्व जिल्ला सद्स्य दान बहादुर शाही , नेकपा एमाले घिरिङ गाउँ कमिटि 
    अध्यक्ष सुमन श्रेष्ठ ,लगायत विभिन्न राजनितिक दल का प्रतिनिधिको उपस्तिथि रहेको थियो भने सहयक प्रशिक्षक ,सुर्य मल्ल ठकुरी , 
    मौसम राना रहेका छन् ।कार्यक्रम संचालन क्लवका सचिव झम बहादुर थापाले संचालन गर्नु भएको थियो । कार्यक्रम क्लवका सचिव झम बहादुर थापाले संचालन गर्नु भएको थियो ।