१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

तनहुँको ऋषिङ्ग गाउँपालिकामा दुईदिने अभिमूखीकरण कार्यक्रम सम्पन्न

  • समर रानाभाट
  • १ महिना अघि
  • पाठक संख्या १२९

  • विवेक श्रेष्ठ । प्रहार समाचार । तनहुँ ३० कात्तिक २०८१ शुक्रवार । तनहुँको ऋषिङ्ग गाउँपालिकामा  प्रारम्भिक कक्षा सिकाइ विद्यालय अनुदान कार्यान्वयन सम्बन्धी दुई दिने  अभिमूखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

    यू एस ए आई डी (अमेरिकी जनता) काे आर्थिक तथा प्राविधिक सहयाेगमा सञ्चालीत उक्त कार्यक्रममा पहिलाे दिन हिंजो  १३ विद्यालय र दाेस्राे दिन आज १२ वटा गरि २५ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अविभावक संघका अध्यक्ष र विद्यालयका प्रधानाध्यापक गरि प्रत्येक विद्यालयबाट ३ जना पदाधिकारीकाे सहभागिता रहेकाे थियाे । पहिलाे दिनकाे कार्यक्रम कार्यपालिका सदस्य सविना रानाकाे अध्यक्षता,सामाजिक विकास समितिका संयाेजक भिम बहादुर थापाकाे प्रमुख अ आतिथ्यतामा र दाेस्राे दिन वडा नं ७ का वडाध्यक्ष दुर्गा बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम गाउँपालिकाका कर्मचारी बसन्ती थापाले स्वागत गरेकी थिइन् भने  शिक्षा अधिकृत सुवाश चन्द्र रानाभाटले सहजिकरण गरेका थिए ।

    विद्यालय अनुदान कार्यान्वयन सम्बन्धी सहजीकरण यू एस ए आई डी विद्यालय अनुदान विज्ञ पुरेन्द्र थापा र उक्त संस्थामा कार्यरत मुक्ति अधिकारी र बिन्दु गरुङले गरेका थिए ।कार्यक्रम अन्तर्गत ऋषिङ्ग गाउँपालिकामा १ कराेड २५   रूपैयाँ विद्यालयसंग सम्झाैता भइ (प्रत्येक विद्यालयले  पाँच लाख बराबरकाे कार्यक्रम ) काम अगाडी बढेको छ। जस अन्तरगत  प्रारम्भिक कक्षा १,२ र ३ काे सिकाइमैत्री गुणस्तरीय कक्षाकाेठा व्यवस्थापन,विद्यार्थी सिकाइ कृयाकलाप , सिर्जनात्मक र रचनात्मक कृयाकलापमा 

    प्राेत्साहन , विद्यालय प्रति सकरात्मक वालमनाेविज्ञान विकास लगायत गुणस्तरीय प्रारम्भिक शिक्षामा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएकाे छ । विद्यालय शिक्षाकाे जगकाे रूपमा रहेकाे प्रारम्भिक कक्षा १ देखि ३ कक्षा सम्मका विद्यार्थीकाे सिकाइकाे सुदृढीकरण साथसाथै सिंगाे विद्यालय शिक्षाकाे विकासमा यसकाे सकरात्मक दीर्घकालिन प्रभाव रहने  गाउँपालिकाले जनाएकाे छ ।