।
मंसिर ०४ ,समर रानाभाट ,
कक्षा १-३ को एकीकृत पाठ्यक्रमको कस्टमाइज्ड
तथा निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिमको
सम्पन्न भएको छ ।घिरिङ गाउँपालिकाको आयोजनामा कार्तिक २९ गते देखि मंसिर ३ गते सम्म संचालन भएको थियो ।
कक्षा १-३ एकीकृत पाठ्यक्रम कस्टमाइज्ड तथा
निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा घिरिङ
क्षेत्र भित्रका छत्तीस विद्यालयका शिक्षक ,शिक्षिककाहरूको
सहभागिता रहेको घिरिङ शिक्षा युवा तथा खेलकुद शाखा
सहायक प्राविधिक पुष्पा थापाले बताउनु भयो । समापन कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले गर्नु भएको थियो भने प्रमुख अतिथि घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा ,विशेष अतिथि शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी रहनु भएको थियो ।
तालिमको सहजिकरण (प्रशिक्षक )घिरिङ शिक्षा शाखा
प्रमख कृष्ण प्रसाद सुवेदी ,कृ्ण मा वि का प्र• अ
धुर्वराज सिग्देल , चन्द्र ज्योति मा वि प्र•अ प्रेम बहादुर थापा, सायक प्र,अ जनक सिग्देलले तालिमको सहजिकरण गर्नु भएको थियो। कक्षाा १-३ विद्यार्थी मूल्याङ्कन कस्टमाईज्ड तालिम सम्पन्न भएको छ भने पाचँ दिन सम्म चल्ने तालिममा प्रत्येक विद्यालयका एक जना शिक्षकलाई १-३ कक्षाका विद्यार्थीहरूको मूल्याङ्कन सम्बन्धी तालिमप्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस