१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

बुलिङटार ५ ब्यवहारतः छुवाछूतमुक्त वडा घोषणा

  • समर रानाभाट
  • १ महिना अघि
  • पाठक संख्या १४९

  • नवलपुर, मंसिर ४ ।
    बुलिङटारमा आयोजित एक कार्यक्रममा बोलेका अधिकांश बक्ताहरुले संबिधान र कानूनले भेदभाव र छुवाछुतलाई निषेध गरेपनि ब्यवहारतः कार्यान्वयन नभएकोप्रति चिन्ता र चासो ब्यक्त गरेका छन् । नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ५ मा आयोजित दलित छुवाछुत मुक्त सचेतना कार्यक्रममा बोलेका अधिकारकर्मी, समाज, पार्टी, संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरुले समतामूलक, समानुपातिक, समावेशीको मुद्धालाई राज्यका सबै तहबाट कार्यान्वयनमा जोड दिनुपर्ने साझा धारणा राखे ।
    वडा नं. ५ का अध्यक्ष विजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुलिङटार वडा न. ५ लाई ब्यवहारमै दलित छुवाछुतमुक्त वडा घोषणा, स्वेतपत्र सार्वजनिक र सचेतना सहितको सहभोज भएको थियो ।
    जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी, पूर्व न्यायाधिस ऋषिराम अधिकारी, जिसस नवलपुरका प्रशासकीय प्रमुख जितेन्द्रजंग केसी, एमाले प्रदेश सदस्य बिद्रोही गिरी, नेपाली काग्रेस बुलिङटारका सभापति ओमप्रसाद श्रेष्ठ, दलित जागरण अभियानका केन्द्रिय उपाध्यक्ष दीपक बिक, दलित जागरण अभियान नवलपुरका अध्यक्ष भिमबहादुर बिक, उदय मावि र गोरखनाथ आधारभूत विद्यालयका प्रधानाध्यापकद्वय होमबहादुर सारु र लोकबहादुर कुवँर लगायतले अनुभव, समाज, शिक्षा, सचेतना सहितका भनाई राखेका थिए ।
    प्रमुख अतिथि जिसस प्रमुख बाबुराम बिश्वकर्माले समानुपातिक समावेशीको एजेण्डामा सरकारका सवै सन्यन्त्र र तहहरुले कार्यान्वयनमा जोड दिनुपर्ने टिप्पणी गरे ।
    पूर्व न्यायाधिस ऋषिराम अधिकारीले भेदभाव र छुवाछुतका बारेमा कानूनी साक्षरतासँग सम्वन्धित रहेर आफ्ना प्रस्तुति राखे ।
    एमालेका विद्रोही गिरीले सवै जनताहरु राज्यका समान नागरिकका साथै सामाजिक रुपमा एउटै बास्केटका सदस्य भएकाले सहअस्तित्वलाई स्वीकानुपर्ने बताए । काँग्रसका ओमकुमार श्रेष्ठले छुवाछुतमुक्त समाजको अभियानको स्थायित्वको अपेक्षा ब्यक्त गरे ।
    बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले जनतातिमध्येकको मगरपछि दोस्रो धेरै जनसंख्या दलितको रहेको बुलिङटारले शिक्षा, सचेतनामूलक गतिविधिमार्फत सामजिक बिकासलाई केन्द्रमा राखेको जिकिर गरे ।
    बक्ताहरु दलित अधिकारकर्मी दिपक बिक, भीमबहादुर बिक, नवजागरण दलित समाजका अध्यक्ष धनजीत सुनार, नेकपा एमाले बुलिङटारका अध्यक्ष मनबीर पुलामी, प्रधानाध्यापकद्वय होमबहादुर सारु र लोकबहादुर कुँवरले समाजमा रहेका भेदभाव र छुवाछुतका प्रकृति, सोचाई, भोगाई, अनुभूतिलाई मन्तब्यका रुपमा समेटेका थिए । उनीहरुले राज्यले विभेदमुक्त समाज निर्माणमा कडाई गनुपर्ने, गैरदलितले सहअस्तित्वलाई स्वीकार्नुपर्ने, दलितले पनि आफ्नो शिक्षा, चेतनास्तरको क्षमता बृद्धि, रहनसहनमा सुधार गर्नुपर्ने तर्क राखेका थिए ।
    नजजागरण दलित समाजका अध्यक्ष धनजीत सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रम सञ्चालक लालबहादुर नेपालीले श्वेतपत्र बाचन गरेका थिए । विभिन्न आठ बुँदामा छुवाछुत र भेदभावजन्य विभेदमुक्त समाजका आचार संहिता पालना गर्ने प्रतिवद्धता समेटिएका छन् ।देबभुमि खबरबाट