१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

पिँडालु खानुको यस्तो छ फाइदा

  • समर रानाभाट
  • १ महिना अघि
  • पाठक संख्या २१०

  • तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर - ४ स्थति उम्सेमा फलेका पिडालु , पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो । यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ । पिँडालु फलहारको रुपमा पनि खाइन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुइगुणा बढ्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको (कर्कलो वा गाभा) समेत विभिन्न परिकार बन्छ ।

    कतिलाई थाहा नहुन सक्छ, पिँडालुमा पर्याप्त पोषक तत्व पाइन्छ । यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ । यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ ।यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।

    पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ ।

    –     पिँडालुको पातलाई उमालेर त्यसलाई छान्ने । अतः उक्त रसमा थोरै घिउ मिलाएर केही दिनसम्म सेवन गर्नुपर्छ, वायु सम्बन्धी रोग निको हुन्छ ।

    –     जसलाई मुटु सम्बन्धी रोग छ, उसले पिँडालुको सब्जी दिनमा पच्चिस ग्राम जति सेवन गर्नुपर्छ ।

    –     उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ ।

    –     बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ ।

    –     सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।