मंसिर १०-
निस्दी पाल्पा र मध्यबिन्दु नवलपरासी जिल्ला दायाँ किनार मध्यबिन्दु १४ र बायाँ किनार निस्दी ४ मित्याल रिपाहा रहेको १७५ मि. लम्बाइ र १.२ चौडाइ रहेको अरुनखोला को खोला रहेको रिपाहा घाटमा सस्पेन्सन झोलुङ्गे पुलको उद्घाटन भएको छ । पुल ठेक्कामा १,३७,६७,९२० मा निर्माण भएको हो ।
निस्दी ४ मित्याल का वडा अध्यक्ष सन्तबिर सुनारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ,बिशिस्ट अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु, अतिथिहरुमा निस्दी गा पा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, मध्यबिन्दु १४ का वडा अध्यक्ष मिन बहादुर दर्लामी, निस्दी ५ वडा अध्यक्ष दुर्गा बहादुर सोमै, निस्दी कार्यपालिका सदस्य हेम कुमारी सुनारी, निस्दी योजना अधिकृतअर्जुन खनाल, लेखा अधिकृत सरोज काफ्ले, लगायत तिन दलका पार्टी प्रतिनिधि, समाजसेवीहरु रहनु भएको थियो ।
निस्दी बलमैत्री शाखा प्रमुख कुश्माखर पाण्डेले संचालन गर्नु भएको कार्यक्रममा समाजसेवी मन प्रसाद सोतिको स्वागत मन्तव्यबाट उद्घाटन कार्यक्रम शुभरम्भा भयो ।
नवनिर्मित रिपाहा घाट झोलुङ्गे पुल निकै प्रयोगमा आउने त्यहाका बासिन्दाहरुले बताउनु भयो ।
रिपाहा घाटको समस्यको अवलोकन गर्दा झोलुङ्गे पुलको आवस्यक रहेको र सोही अनुसार पुल निर्माण गरेको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजु श्रेष्ठले बताउनु भयो । पुलले दुई प्रदेशको सम्बन्धलाई घनिष्ठ बनाउने र दुई प्रदेश कै आयस्रोत वृद्धि हुने र यहाँका जनताहरुको आर्थिक वृद्धिमा अगाडि बढाउने कार्यक्रममा श्रेष्ठले राख्नु भएको थियो ।
निस्दीको रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र मध्यबिन्दुका उपभोक्तहरुले झोलुङ्गे पुलको उपभोग गर्ने र उपभोक्तहरुलाइ सहज हुने गरि पुलको निर्माण गरेको निस्दी गा पा का अध्यक्ष सारुले बताउनु भयो । खोला वरिपरि रहेको खेतबारी अब बाझो नरहने र पुल निर्माणले त्यहाँका उपभोक्तहरुको आर्थिक सुधार हुने अध्यक्ष सारुले बताउनु भयो ।
पहिला देखि नै मध्यबिन्दु गा पा पुल निर्माण गर्न पहल गरिरहेको तर निर्माण गर्न नसकेको र पाल्पा को निस्दी र पुर्वी नवलपरासी मध्य्बिन्दुका उपभोक्तहरुको समस्य पहिचान गरेर झोलुङ्गेपुल निर्माण गर्न सहयोग गरेकोमा निस्दी गा पा लाई धन्यवाद दिदै सपना भन्दा बाहिरको काम भएको मध्यबिन्दु १४ का अध्यक्ष दर्लामीले बताउनु भयो ।
निस्दी ४ मित्याल रिपाहा घाटको समस्य र सिङ्गो निस्दीकै समस्य समाधान गर्न संघले पहल गरि पुल निर्माण गरेको र यहाका जनताहरुलाइ सहज भएको बताउदै कार्यक्रमका अध्यक्ष तथा निस्दी ४ वडा अध्यक्ष सन्तबिर सुनारीले बिधिगतरुपमा कार्यक्रम समापन गर्नु भयो ।mero khabar tv bat
प्रतिक्रिया दिनुहोस