१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

फुटबल प्रतियोगिता : सेन्टर कलेज अठाइस बिगाहा सेमिफाइनलमा प्रवेश

  • समर रानाभाट
  • ४ हप्ता अघि
  • पाठक संख्या १२४

  • देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा सेन्टर कलेज अठाइस बिगाहा सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा सेन्टर कलेज अठाइस बिगाहाका विरुद्ध शान्तिदिप युवा क्लबबिच शनिबार भएको क्वाटर फाइनल खेलमा सेन्टर कलेज अठाइस बिगाहा विजयी भएको हो ।

    सेन्टर कलेज अठाइस बिगाहाले शान्तिदिप युवा क्लबलाई ४-२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सेन्टर कलेज अठाइस बिगाहाका आदित्य शाक्यले २ गोल, सुजित बुढाथोकी र अभिषेक महतोले १/१ गोल गरेका थिए भने शान्तिदिप युवा क्लबका सुमन थापा र अमृत बुढाले १/१ गोल गरेका थिए। शनिबारको खेलमा सेन्टर कलेज अठाइस बिगाहाका आकाश थापा म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा आइतबार गैंडाकोट फुटबल क्लबका विरुद्ध वाटासिनो योङ स्टार कावासोतीका बिच क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।

    नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो ।

    देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।