तनहुँ, २० मंसिर २०८१ बिहीवार ।
तनहुँको ऋषिङ्ग गाउँपालिका – ७ घिरिङ थोकमा रहेको झुलबहादुर आलेको सम्झनामा स्थापित झुल बहादुर आले प्रतिष्ठानले बिपन्न , असहाय वृद्ध- वृद्धाहरुलाई ब्ल्याङ्केट र डसना बितरण गरेको छ ।
पालिकाको वडा नं- ७ घिरिङ थोक र पुरन थोकका असहाय, विपन्न वृद्धवृद्धाहरु श्यामलाल श्रेष्ठ, चित्रबहादुर थापा , केदार क्षेत्री , श्याम विश्वकर्मा , दलिसरा विश्वकर्मा लगायतलाई हिंजो उक्त सहयोग सामाग्रीहरु बितरण गरिएको प्रतिष्ठानका अध्यक्ष एवं छोरा कमल आलेले जानकारी दिए ।
विक्रम संवत २००७ साल माघ १२ गते ऋषिङ- ७ घिरिङ थोकमा जन्मेका झुल बहादुर आले नेपाली कांग्रेसको तर्कबाट संविधान सभा सदस्य थिए । नेका महासमिति सदस्य समेत रहेका आले इमान्दार , पार्टी प्रति वफादार नेपाली कांग्रेसका सच्चा सिपाही थिए । आलेको २०७९ मंसिर ९ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस