१२ पुष २०८१ शुक्रबार | 27 Dec 2024 Fri

तरकारी बालीमा माटोबाट सर्ने रोगको बढ्दो प्रकोप नियन्त्रणका लागि कलमी प्रविधिको विस्तार गर्दै नार्क

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या १३७


  • निराज रानाभाट, ललितपुर । अनुसन्धान तथा अन्वेषणमार्फत नेपालमा तरकारी बालीको उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि उन्नत प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल कृषि अनुसन्धान परिषद् ले यस इकाई मार्फत फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब अन्तर्गत ` तरकारीमा लाग्ने माटोजन्य रोगहरूको व्यवस्थापनबाट कृषकहरूको जीविकोपार्जन तथा खाद्य सुरक्षामा सुधार ´ परियोजना कार्यान्वयन गरिरहेको छ । यस परियोजना अन्तर्गत माटो जन्य रोगको व्यवस्थापनका लागि अवायवि माटो निरमलिकरण ( Anaerobic Soil Disinfestation ) र तरकारीमा कलमि गर्ने प्रविधिको विकास र विस्तार गर्ने उद्देश्यले देशव्यापी रुपमा कृषकहरुको सहभागितामा सहभागितामुलक परिक्षणहरु संचालन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् द्दारा कार्यन्वयन भइरहेको यो परियोजना अमेरिकि सहयोग नियोग ( युसएआइडी ) फिड द फ्युचर इनोभेसल ल्याव फर हर्टिकल्चर कार्यक्रम अन्तर्गत युनिभरसिटि अफ क्यलिफोर्निया डेभिसको आर्थिक अनुदानमा संचालित कार्यक्रम हो । यसको मुख्य उदेश्य नै तरकारी बालीमा माटोबाट सर्ने रोगहरु जस्तै: जरामा गाँठो बनाउने जुका, जरा कुहिने, विरुवा ओइलाउने, फेदकुहिने रोगहरु विषेश गररे परजिवि जुका, व्याक्टेरिया र ढुसिले गर्दा लाग्ने गर्दछन् । यस्ता रोगका कारक जिवहरु माटोमा नै बस्ने हुँदा तिनको व्यवस्थापन विषादिको प्रयोगबाट गर्न गार्हो हुन्छ ।जलवायु परिवर्तनका कारण पछिल्लो चरणमा तरकारी बालीमा माटो बाट सर्ने रोगहरु ठुलो चुनौतिको रुपमा देखा परेका छन्। खेती गर्न थालेको पहिलो र दोस्रो वर्षमा राम्रो उत्पादन पाइए पनि लगातार तेस्रो चौथो वर्ष पनि त्यहीँ खेतमा तरकारी खेती गर्दा माटोबाट सर्ने रोगहरुको प्रकोप बढी कृषकहरुले ठूलो नोक्सानि बेहोर्नु परिरहेको छ । खासगरी प्लास्टिक घर र टनेल खेतीमा यस्ता समस्याहरु बढी सघन छन् ।

    परियोजनाले कृषकहरुका यि समस्या को दिगो समाधानका लागि प्रविधिको विकास, प्रमाणिकरण तथा विस्तारमा काम गरिरहेको छ । खासगरी एन एइरोविक सोयल डिसइन्फेसटेसन वा अवायवि माटो निरमलिकरण र तरकारीमा कलमि विधिको प्रयोग गरी माटो जन्यरोगहरुको दिगो व्यवस्थापनमा महत्वपूर्ण पहल गरिरहेको छ । यस अन्तर्गत सहभागितामुलक जातिय परिक्षण तथा कलमीका लागि आवश्यक मुलवृतका जातहरुको जातिय पहिचान तथा कृषक र प्राविधिकहरुको क्षमता अभिवृद्दिमा महत्वपूर्ण योगदान दिएको छ । यसै सिलसिलमा परियोजनाले अन्तराष्ट्रिय तरकारी बाली अनुसन्धान केन्द्र, ताइवानबाट गोलभेंडा र खुर्सानिका लागि उपयुक्त विभिन्न जातहरु ल्याएर नेपालको स्थानयि माटोमा सुँहाउदा जातहरुको पहिचान गरिरहेको छ । त्यस्तै, राष्ट्रिय कृषि अनुवंसिकि स्रोत केन्द्रले संकलन गरेका रैथाने जातहरु कलमी प्रविधिमा रुटस्टकको रुपमा सँभावित उपयोगिताको बारेमा पनि परिक्षण गरिएको छ । यस्तै, परियोजना अन्तर्गत स्थानिय स्रोत / साधनमा आधारित उपयुक्त कलमी घरको पहिचानको लागि परीक्षणहरु संचालन गरिएको छ । तरकारीमा कलमी प्रविधिको व्यापक विस्तारका लागि परियोजनाले गत वर्ष राष्ट्रिय स्तरको तालिम आयोजना गरेको थियो । 

    कलमी प्रविधि प्रति कृषकहरुको आर्कषण र माटोबाट सर्ने रोग व्यवस्थापनका लागि कलमी प्रविधिको उपयुक्तता हेरी यस प्रविधिलाई अझ व्यापक बनाउन सातै प्रदेशमा प्रदेश स्तरिय तारकारी बालीमा कलमी प्रविधि सम्बन्धि तालिम आयोजना गरिएको छ । गत कार्तिक २४ र २५ गते कोशी प्रदेशको बराहक्षेत्रमा यस्तै कार्यक्रम संचालन गरिएको थियो । उक्त तालिममा कोशी प्रदेश अन्तर्गतका सबै जिल्लाबाट ३७ जना कृषक सहभागि थिए । यसै सिलसिलामा आज र मंसिर २६ गते  नेपालमा तरकारी बालीमा माटोबाट सर्ने रोगको व्यवस्थापनका लागि कलमी प्रविधिको विकास, विस्तार र प्रवर्धन गर्ने उद्देश्यले वाग्मती प्रदेशस्तरिय Vegetable Grafting Training नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रमा संचालन भइरहेको छ । 

    उक्त तालिममा वाग्मती प्रदेश अन्तर्गतका ३५ जना अगुवा कृषक संलग्न भइरहेका छन । तलिमलाइ नार्कका पुर्व मुख्य वैज्ञानिक राम बहादुर के.सी., मुख्य वैज्ञानिक डा. टिका चापागाँइ, मुख्य वैज्ञानिक डा. अजय रत्न श्री बज्रचार्य, वरिष्ठ वैज्ञानिक डा. सुरज वैद्य, वैज्ञानिकहरु डा. रन्जना रावल, डा. शोभा श्रेष्ठ, डा. रामबहादुर खडकाले सहिजिकरण गर्ने छन् , भने व्यावहारिक सिकाइका लागि भनेस सिमखडा, सिर्जना अर्याल र पुजा के.सी. ले सहजिकरण गर्ने छन् । राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. सुरज वैद्यको अध्यक्ष्यतामा संचालित उद्घाटन तालिमर्को उद्घाटन कार्यक्रममा नार्कका योजना तथा समन्वयका निर्देशक डा. भानुभक्त पोख्रेल प्रमुख अतिथ रहेका थिए, भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको परियोजनाका निर्देशक वैकुण्ठ  अधिकारी विशेष अतिथि, नार्क अन्तर्गतका विभिन्न केन्द्रका प्रमुख तथा खुमलटारस्थित तरकारी बाली विकास केन्द्रका प्रमुख विजय गिरी लगायत अतिथिको रुपमा उपस्थित थिए । यसैगरी, उक्त  कार्यक्रम राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका वैज्ञानिक तथा परियजवनाका सह - अनुसन्धानकर्ता डा. रन्जना रावलले संचालन गरेकी थिईन्, भने राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक तथा परियोजनाका प्रमुख अनुसन्धानकर्ता डा. रामबहादुर खड्काले परिययोजनाले तरकारीमा ग्राफ्टिंग प्रविधिको विस्तार र विकासमा अहिलेसम्म गरेका प्रयासहरु र चुनौतिहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । 

    त्यसैगरी, उक्त कार्यकममा नार्कका निर्देशक डा. भानुभक्त पोख्रेलले तरकारी खेतीमा संलग्न कृषकहरुको एउटा महत्वपूर्ण समस्याको समाधानका लागि परियोजनाका अन्तर्गत गरिएका अनवेषण तथा पहलहरुको प्रशंशा गर्दै परियोजना अन्तर्गत पहिचान गरिएका मुलवृत ( रुटस्टक ) का जातहरु दर्ता वा उन्मोचनका लागि नार्कले अपनत्व लिइ सक्दो सहजिकरण गर्ने कुरा बताएका थिए, भने कार्यक्रमका विशेष अतिथि वैकुण्ठ अधिकारीले यस परियोजनाले कृषकहरुको महत्वपूर्ण समस्या समाधानका लागि महत्वपूर्ण पहल लिएकोमा परियोजना टिमलाई धन्यवाद दिएका थिए । त्यस्तै, कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यस परियोजना अन्तर्गत आएका प्रविधिहरुलाई विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका जोन तथा सुपरजोनका मार्फत अगाडी बढाउने प्रतिवद्धधता व्यक्त गरेका थिए ।