२६ मंसिर । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन तनहुँको प्रथम अधिवेशनबाट अध्यक्षमा दिनेश लामिछाने सर्वसम्मत निर्वाचित भएका छन् । बुधवार दमौलीमा भएको अधिवेशनबाट २१ सदस्यीय नयाँ समिति चयन भएको हो । सदस्यहरुमा बालाराम पाण्डे, युवराज कुमार श्रेष्ठ, सन्तोष गुरुङ, नारायण पौडेल लगायत रहेका छन् । अधिवेशनको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष हेमजङ्ग गुरुङले उद्घाटन गर्दै युवाहरुले पार्टीको एजेण्डलाई घरदैलोसम्म पु¥याउनुपर्नेमा जोड दिए । सो अवसरमा युवा संगठनका केन्द्रिय अध्यक्ष सुजित केसी, पार्टीका जिल्ला अध्यक्ष विनोद घर्ति लगायतले बोलेका थिए । संगठन तनहुँका संयोजक दिनेश लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बालाराम पाण्डे र सञ्चालन पार्टीका युवा नेता केशवराज पौडेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस