१२ पुष २०८१ शुक्रबार | 27 Dec 2024 Fri

मेरो किनमेलले बिराटनगरसहित अन्य शहरमा सेवा विस्तार 

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या ९३

  • मोरङ । अनलाइन खाना डेलिभरी सेवा मेरो किनमेलले आफ्नो सेवा क्षेत्रलाई थप विस्तार गर्दै मोरङको बिराटनगरसहित अन्य प्रमुख शहरहरूमा डेलिभरी सेवा शरू गर्न लागेको छ । आजदेखि मोरङको बिराटनगरमा सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । बिराटनगर र अन्य शहरका ग्राहकहरूले अब अनलाइन अर्डर र डेलिभरीको लागि Mero Kinmel मोबाइल एपमार्फत http://onelink.to/n8zjhc वा वेबसाइट merokinmel.com मार्फत सजिलै खाना अर्डर गर्न सक्नेछन् । रियल टाइम ट्र्याकिङको लागि अर्डरको स्थिति र डेलिभरी टाइम ट्र्याक गर्ने सुविधा रहेको छ । यस्तै, भुक्तानी विकल्पहरूमा नगद भुक्तानी ( COD ), अनलाइन पेमेन्ट र डिजिटल वालेटहरू सेवा रहेको छ । विविध खाना विकल्पहरूमा स्थानीयदेखि अन्तर्राष्ट्रिय परिकारहरूसम्म पाउने छ ।

    मेरो किनमेलका प्रवक्ताले भने,‘हामी बिराटनगर र अन्य शहरहरूमा सेवा शुरू गर्न पाउँदा निकै उत्साहित छौँ । हाम्रो उद्देश्य स्थानीय व्यवसायहरूलाई प्रवर्द्धन गर्नु र ग्राहकहरूलाई छिटो, भरपर्दो र किफायती खाना डेलिभरी सेवा उपलब्ध गराउनु हो ।’ त्यसैगरी, कम्पनीले निकट भविष्यमा ग्रसरी डेलिभरी, आवश्यक सामग्रीहरू र छुट अफर तथा कुपनहरू थप्ने योजना बनाएको छ । साथै, सेवा क्षेत्रलाई थप शहरहरूमा विस्तार गर्दै देशव्यापी रूपमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ । 

    त्यस्तै, मेरो किनमेलले नेपालका विभिन्न प्रमुख शहरहरूमा खाना डेलिभरी सेवा प्रदान गरिरहेको छ। हाल सञ्चालनमा रहेका डेलिभरी स्थानहरू बिराटनगर, भैरहवा, बुटवल, चितवन, हेटौंडा र वीरगञ्ज रहेका छन् । ग्राहकहरूले यी शहरहरूमा रहेका विभिन्न रेस्टुरेन्ट, बेकरी र ग्रोसरी स्टोरहरूबाट अनलाइन अर्डर गरी छिटो र भरपर्दो सेवा लिन सक्नेछन् । मेरो किनमेलले आफ्नो आधिकारिक वेबसाइट merokinmel.com र मोबाइल एपमार्फत सेवा प्रदान गर्दै आएको छ । यसैगरी, कम्पनीले भविष्यमा नेपालका अन्य शहरहरूमा पनि सेवा विस्तार गर्ने योजना राखेको छ । ग्राहकहरूले खाना अर्डरको सुविधासँगै ग्रोसरी, आवश्यकीय सामग्री र विभिन्न छुट कुपनहरूको फाइदा लिन सक्नेछन् ।