१२ पुष २०८१ शुक्रबार | 27 Dec 2024 Fri

समस्याग्रस्त सहकारी पहिचान र समस्या समाधानमा गण्डकी सरकार प्रतिवद्ध– सहकारी मन्त्री जिसी

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या ८९

  • खगेन्द्र पराजुली,
    मंसिर ३०, नवलपुर । गण्डकी सरकारका कृषि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले समस्याग्रस्त सहकारी पहिचान र समस्या समाधानमा सरकारले गृहकार्य गरेको बताईन् । गृहजिल्ला नवलपुरको देवचुली ३ मा रहेको सकलादेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाको चौधौं साधारण सभा तथा चौथो नेतृत्व चयनको उद्घाटन सत्रमा बोलेकी मन्त्री जिसीले नवलपुरका एक दुई वटा सहकारी बाहेक सवै सहकारी ठीक रहेको जिकिर पनि गरिन् ।
    उद्यम, उद्यमशीलता र उत्पादनलाई गण्डकी सरकारले प्राथमिकतामा राखेको बताएकी मन्त्री श्रेष्ठले प्रक्रिया पुर्याएर प्रस्ताव पेश गर्न सुझाउँदै मन्त्रालयका तर्फबाट सक्दो सघाउने आश्वासन दिईन् ।
    उद्घाटन सत्रमा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, वडा नं. ३ का अध्यक्ष होमनाथ पौडेल, सामाजिक उद्यमी महिला सञ्जाल नेपालका संस्थापक अध्यक्ष पावती न्यौपाने र दिब्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवं सहकारीका सल्लाहकार तिलप्रसाद पाठकले संस्थाले गरेका प्रगतिको प्रशंसा, अभाव र समस्याका बारेमा चिन्ता र चासो, सवल र सक्षम नेतृत्वको अपेक्षा सहितको शुभकामना भनाई राखेका थिए ।
    संस्थाका अध्यक्ष इन्दिरा वाग्लेको अध्यक्षतामा भएको उद्घाटन सत्रका अवसरमा वार्षिक रुपमा अधिकतम दुध बेच्ने १० उत्कृष्ट कृषक, ज्येष्ठ शेयर सदस्य, असल उत्कृष्ट ऋणी सम्मानका साथै संस्थापक सञ्चालकलाई सम्मान गरिएको थियो ।
    संस्थाका उपाध्यक्ष राधिका तिवारीको स्वागत मन्तब्य रहेको खुला सत्रको सञ्चालन सचिव विष्णु तिवारी लम्सालले गरेकी थिइन् ।
    २०६७ सालमा स्थापित उद्यमी महिला सहकारीले चिलिङ मिल्क भ्याट मेसिन सहितको दुग्ध डेरी र वचत तथा ऋण दुवै क्षेत्रमा कारोबार गर्दै आईरहेको छ ।