समर रानाभाट, ०४ पुष , तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयमा आज विहिवारदेखि सिकाइ उपलब्धि परीक्षा सुरु भएको छ । सिकाई उपलब्धि मूल्याङन परिक्षा गाउँपालिकाभित्र रहेका ३७ वटा विद्यालयमा आजबाट परीक्षा सञ्चालन भएको घिरिङ गाउँपालिका शिक्षा शाखा प्रमुख तथा परिक्षा समितिका संयोजक कृष्ण प्रसाद सुवेदीले जानकारी दिनु भयो ।
४ कक्षादेखि १० कक्षासम्मका ३ हजार १ सय ३८ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्,। गाउँपालिका स्तरीय परिक्षाको प्रश्न पत्र पिन्टका लागि लाग्ने आर्थीक खर्च गाउँपालिकाले व्यवस्था गरेको परिक्षा समितिका संयोजक सुवेदीले बताउनु भयो ।
परीक्षा सञ्चालन पुष- ०४ गते विहिवार देखि पुष १२ गते सम्म हुनेछ । पहिलो दिन बालविकास देखि कक्षा -३ सम्म अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ,भने कक्षा -४ र ५ को अनिवार्य नेपाली हुनेछ । यस्तै,कक्षा ६ - देखि १० सम्म अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने परीक्षा संयोजक सुवेदीले जानकारी दिनुभयो ।
घिरिङ गाउँपालिका शिक्षा शाखाको क्यालेण्डरअनुसार दोस्रो सिकाई उपलब्धि मुल्याङकन परीक्षा सुरु गरिएको यहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस