१२ पुष २०८१ शुक्रबार | 27 Dec 2024 Fri

रोट्रर्याक्ट  क्लव अफ कावासोतीद्वारा शैक्षिक सामाग्री वितरण ,शिविर सम्पन्न

  • समर रानाभाट
  • ६ दिन अघि
  • पाठक संख्या २५९

  • पुष ०६ , रोट्रर्याक्ट  क्लव अफ कावासोती संस्थाको ५ अौ  स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण तथा वृहत नि : शुल्क स्वास्थ्य शिविर कार्यक्रम जिवन सिटि हस्पिटल कावासोतीको प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न भएको छ । 
    रोट्रर्याक्ट  क्लव अफ कावासोती संस्थाले  पदमकन्या प्राथमिक विद्यालयका  बौदिकालि - ५ विद्यार्थीहरूलाई  शैक्षिक सामाग्री वितरण गरिएको हो । रोट्रर्याक्ट  क्लव अफ कावासोती संस्थाका अध्यक्ष गोविन्द सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बौदिकालि वडा नम्बर -५ का वडाध्यक्षको प्रमख आथितिथ्यतामा  पद्मकन्या प्रा.वि मा  अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई  कपी,कलम, इलेजर,सिसाकलम,डोरिङ्ग पपर ,कटर , जाडोमा लगाउने टोपी वितरण गरिएको त्यसले विद्यार्थीको पढाईमा क्लवले सानो भएता पनि सहयोग गरेको अध्यक्ष सिग्देले  वताए । क्लवले विगतमा पनि विभिन्न समाजिक कार्यक्रम गर्दे आएका छौ, हाम्रो उद्येश्य नै समाजिक क्षेत्रमा काम गर्ने क्लव हो, त्यही अभियानको निरन्तरता हो, अध्यक्ष सिग्देले भने । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्षले क्लवको उक्त कार्यले विद्यालय र विद्यार्थीलाई सहयोग पुगेको वताए । सुगम जिल्लाको दुर्गम ठाउँ भनेर चिनिहिने बोबकमा यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल  बढ्ने उनले  बताए ।

    बौदिकाली वडा नम्बर ५ वडा कार्यालय प्राङणमा लुङ्रगेलीथरमा भएको नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् यसैगरी वृहत नि : शुल्क स्वास्थ्य शिविर  दाँत , आँखा, प्रेसर,सुगर जिवन सिटि हस्पिटल कावासोतीको प्राविधिक सहयोगमा नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको रोट्रर्याक  क्लब अफ कावासोतीका संस्थापक जिवन सापकोटाले  बताए । जिवन सिटि अस्पतालका बरिस्ठ डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो।