पुष,०८ कल्याण देवि सामुदायिक वन उपभोक्ता समितिको भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।
सुर्य रानाभाटको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको छ।समितिको उपाध्यक्षमा देविलाल रानाभाट ,कोषाध्यक्षमा टिका रानाभाट , सह सचिवमा सुक बहादुर रानाभाट रह्नु भएको छ।यसैगरी सदस्यहरुमा पित बहादुर रानाभाट, चेत बहादुर रानाभाट, सिता रानाभाट, विष्णु माया रानाभाट, विष्णु माया विक , श्रीराम रानाभाट सदस्य निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।
उक्त कार्यक्रमको घिरिङ ४ का वडा सदस्य मन बहादुर रानाभाटले कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सबैलाई हाथेमालो गरेर अगाडि बढ्नु पर्ने आवश्यक रहेको र सुर्य रानाभाटको अध्यक्षतामा गठन भएको समितिलाई बधाईको साथ साथै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा स्थानिय समाजसेवी, पत्रकार लगाएत संस्थाको अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस