१७ पुष २०८१ बुधबार | 01 Jan 2025 Wed

सातौ देवचुली वडा कपः वडा नं. १ र १६ फाइनल भिड्ने

  • समर रानाभाट
  • ३ दिन अघि
  • पाठक संख्या ६७

  • खगेन्द्र पराजुली,
    पुस १४, देवचुली । सातौ देवचुली वडा कप २०८१ को फाइनलमा देवचुलीका वडा नं. १ र १६ भिड्ने पक्का भएको छ । देवचुली ११ को सूर्य किरण मैदानमा शनिवार भएका सेमीफाइनल प्रतिस्पर्धा जितेका १ र १६ पुस १५ गते बुधबार फाइनल खेल्ने तालिका छ ।
    शनिबार भएको पहिलो सेमीफाइनलमा वडा नं. ११ आयोजक सेतोलाई ट्राइबे्रकरमा हराउँदै वडा नं. १६ फाइनल प्रवेश गरको हो भने वडा नं. १३ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. १ फाइनल चरणमा छिरेको हो ।
    वडा नं. ११ र १६ बीचको प्रतिस्पर्धामा निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । यस्तै, दोस्रो खेलमा वडा नं. १ का सन्दिप मल्ल ठकुरीले गरेको २ गोल फाइनल प्रवेशका लाग निर्णायक बन्यो । सेमीफाइनलबाट बाहिरिएका वडा नं. १ का लागि चेतन मगरले १ गोल फर्काएका थिए ।
    पहिलो खेलमा वडा नं. १६ का गोलकिपर म्यान अफ द म्याच हुँदा दोस्रो खेलमा वडा नं. १ का सन्दिप मल्ल म्यान अफ द म्याच भए ।
    देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले आयोजना गरेको प्रतियोगिता सूर्य किरण खेल मैदानमा पुस १ गतेदेखि चलिरहेको छ । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगिता पुस १५ सम्म चल्नेछ ।
    नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।