प्रिय धन , चोरमारा ।
राष्ट्रिय युवा संघ मध्यविन्दु नगर कमिटीको पाचौं अधिवेशन शनिबार राति भर्खर सम्पन्न भएको छ । मध्यविन्दु ८ मा रहेको मिड पोइन्ट ईन होटलमा साँझ ५ बजे नै खुला सत्र सकिए पनि अहिले रातिको १०:३० हुँदासम्म पनि अध्यक्षको टुंगो नलागेकोमा केहि समय अगाडी मात्रै अध्यक्षको टुंगो लागेको स्रोतले बताएको छ ।
हालका अध्यक्ष सागर पाठक र अर्का दावेदार विजय भुर्तेलले सहज़ताका लागि अध्यक्ष पदको दावी छोड़े पनि अन्य ३ जनाले अझै दावी गरे पछि रातमा पनि छलफल नरोकिएको हो ।
अन्तत: अधिवेशनले अमृत सुवेदी ( मध्यविन्दु १५ ) को अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत गठन गरेको छ । उपाध्यक्षमा राजन भण्डारी ( मध्यविन्दु १० ) , सचिवमा प्रकाश भण्डारी ( मध्यविन्दु ६ ) चयन भएका छन् ।
राष्ट्रिय युवा संघ मध्यविन्दु नगर कमिटीको पाचौं अधिवेशन शनिबार राति भर्खर सम्पन्न भएको छ । मध्यविन्दु ८ मा रहेको मिड पोइन्ट ईन होटलमा साँझ ५ बजे नै खुला सत्र सकिए पनि हिजो रातिको १०:३० हुँदासम्म पनि अध्यक्षको टुंगो नलागेकोमा केहि समय अगाडी मात्रै अध्यक्षको टुंगो लागेको स्रोतले बताएको छ ।
हालका अध्यक्ष सागर पाठक र अर्का दावेदार विजय भुर्तेलले सहज़ताका लागि अध्यक्ष पदको दावी छोड़े पनि अन्य ३ जनाले अझै दावी गरे पछि रातमा पनि छलफल नरोकिएको हो ।
अन्तत: अधिवेशनले अमृत सुवेदी ( मध्यविन्दु १५ ) को अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत गठन गरेको छ । उपाध्यक्षमा राजन भण्डारी ( मध्यविन्दु १० ) , सचिवमा प्रकाश भण्डारी ( मध्यविन्दु ६ ) चयन भएका छन् ।
रास्ट्रिय युवा संघ नेपाल मध्यबिन्दु नगरपालिकाको पाचौं अधिबेशन अध्यक्ष सागर पाठकको अध्यक्षता तथा गण्डकी प्रदेश सदस्य तथा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन भएको हो l कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अधिकारीले देशमा आर्थिक तथा शैक्षिक क्रान्तिको सुरुवात र अन्त्य पनि युवाले नै गर्ने भएकाले सहि युवावर्गलाई सत्मार्गमा लाग्न प्रेरित गर्नुभएको थियो l कार्यक्रममा उपाध्यक्ष माहाराजा गुरुङ , केन्द्रिय सचिवालय सदस्य मदन गिरि , केन्द्रिय स्थायी कमिटी सदस्य द्वय दिपक शर्मा तथा नवलपुर इन्चार्ज , शंकार अधिकारी , सरु पाठक ज्यु , प्रदेश सचिब आशा गैर जिल्ला , प्रदेश सदस्य रेनु गुरौ, अध्यक्ष कृष्ण कंडेल,लगायतले आ आफ्ना भनाइहरु राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस